प्रगति माविमा नाटक महोत्सव हुने

पोखरा । पोखरा १६ बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले ३५ औं वार्षिकोत्सव फरक ढंगले मनाउने भएको छ । वार्षिकोत्सवको अवसरमा यही माघ २४ र २५ गते ‘प्रगति नाटक महोत्सव’ सहितका कार्यक्रम हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महोत्सवमा विद्यार्थीले ५ वटा नाटक मञ्चन गर्ने स्कुलका सूचना अधिकारी जयराम पौडेलले बताए । पोखरा थिएटरको सहकार्यमा हुने महोत्सव सबैजसो विद्यार्थी हेर्न पाउने गरी नाटकहरु धेरै पटक मञ्चन गर्ने तयारी छ । सरुभक्तको नाटक ज्यानमाया परिवर्तनले निर्देशन गरेका छन् ।
सरुभक्तकै अर्काे नाटक भ भ भ भूत मीना भण्डारीको निर्देशनमा विद्यार्थीले मञ्चन गर्दै छन् । महोत्सवमा तीर्थ श्रेष्ठको आमा कविता नाटक रमेशबाबु तिमिल्सिनाको निर्देशनमा मञ्चन गरिँदै छ ।
टंक चौलागाईको रोल न. ४ नाटक धनकाजी श्रेष्ठले निर्देशन गरेका छन् भने अर्काे नाटक तुलना परिवर्तनको निर्देशनमा विद्यार्थीहरुले प्रदर्शन गर्दै छन् ।
कार्यक्रममा प्राडा रामचन्द्र पोखरेल र परिवर्तनले रंगमञ्चबारे बहस गर्ने छन् भने प्रतीक पौडेलबाट कुशल अभिभावकत्व कला र विद्यार्थी जागरणबारे प्रकाश पारिने छ । शिव संकल्पबाट पुस्तक किन र कसरी पढ्नेबारे प्रवचन दिने कार्यक्रमका साथमा कला प्रदर्शनी, फुड स्टल, पुस्तक र शैक्षिक प्रदर्शनीसमेत हुने विद्यालयका प्राचार्य महेन्द्र थापाले बताए ।







स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
हिमपातपछि याकचौँरी बेँसीमा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया