पुरुषतर्फ पुलिस र महिलातर्फ एपिएफ फाइनलमा

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ) फाइनल प्रवेश गरेका छन् । शुक्रबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको पुरुषतर्फको पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो ।
पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२२ ले जितेको पुलिसले पुनः चौथो सेट २३–२५ ले हार बेहोरेको थियो । तर, पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै पुलिसले १५–१२ जित निकाल्यो । पराजित भएको आर्मीले अब गण्डकी प्रदेशसँग शनिबार दोस्रो क्वालिफायर खेल्नेछ ।
शुक्रबार नै भएको एलिमिनेटरमा भारतको सुनील भलिबल क्लबलाई पराजित गर्दै गण्डकी प्रदेशले दोस्रो क्वालिफायर खेल्ने भएको हो । पहिलो सेट गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन जित निकाल्दै दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित ग¥यो । गण्डकीले पहिलो सेट ३१–३३ ले गुमाएको थियो । गण्डकीले १६–११ को अग्रतालाई जोगाउन नसक्दा पहिलो सेट गुमाउनु प¥यो ।
तर, दोस्रो, तेस्रो र चौथो सेटमा भने उत्कृष्ट पुनरागमन गर्न सफल भयो । गण्डकीले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–१६ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पा¥यो । अब गण्डकीले फाइनल प्रवेशका लागि शनिबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
महिलातर्फको खेलमा आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ फाइनल प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा आयोजक टोलीलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो सेट २१–२५ ले टाइगर ग्रुपलाई सुम्पिएको थियो । तेस्रो सेट २५–१९ र चौथो २६–२४ ले जित निकाल्दै एपिएफले फाइलन यात्रा तय गरेको हो । पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइलन प्रवेशका लागि टिपटप न्यू डायमन्ड स्पोटर््स क्लबसँग प्रतिष्पर्धा गर्ने छ ।
माघ २० गतेसम्म चल्ने प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फका विजेताले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । उपविजेतालाई समान २ लाख ८५ हजार ५ सय ५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्ने छन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया