कुर्लुङखोला खानेपानीको सभा

समाधान संवाददाता २०८१ माघ २० गते १९:५१

लेखनाथ । कुर्लुङखोला खानेपानी तथा सरसफाइ मुल उपभोक्ता समितिको २६ औं वार्षिक साधारण सभा शनिबार भएको छ । सभामा पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले प्राथमिताका आधारमा योजना माग गर्न आग्रह गरे ।

Advertisement

उनले खानेपानीको स्रोतको समस्या समाधानका लागि रुपा गाउँपालिकामा पहल गरेको जानकारी दिँदै वडाअध्यक्ष कँडेलले नितिगत रुपमा यहाँको बासिन्दाले पानीको स्रोत पाउने आधार रहेको जनाए ।

पूर्व जनप्रतिनिधि दिननाथ ढकालले विकास निरन्तर रुपमा हुने बताउँदै पचभैयालाई नेपालको नमूना गाउँको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । संस्थाका सल्लाहकार राममणि अधिकारीले यस क्षेत्रमा भएको पिउने पानीको समस्या समाधान गर्दै खानेपानी उपलब्ध गराउने सरोकारवाला सबैलाई धन्यवाद दिए ।

नयाँ प्रविधिको विकाससँगै खानेपानीको क्षमतालाई पनि वृद्धि गर्दै क्षमताका आधारमा वडामा खानेपानीको क्षेत्र विस्तार गर्न सकिने उनको भनाइ छ । अम्मरसिद्ध नमूना माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष मुराहरि कोइरालाले पानीको मुहानमा समस्या भएको बताउँदै यसका लागि सरोकारवाला सबैले चिन्तन गरेर समाधान गर्नेपर्ने विचार राखे ।

पचभैया कोट देउराली संरक्षण एवं व्यवस्थापन समिति अध्यक्ष पुरुषोत्तम अधिकारीले उपभोक्ताको संख्यामा वृद्धि हुँदै जाँदा खानेपानीको समस्या हुने सुनए । यसको समाधानको लागि ५ लाख लिटरको टंकी निर्माण गर्नुपर्ने सुझाव दिए ।

Advertisement

संस्थाका अध्यक्ष नरनारायण थापाको अध्यक्षतामा भएको कार्यक्रममा एकान्तकुना तामाङ समाजका अध्यक्ष वीरबहादुर लामा, देउराली नमूना आमा समूह अध्यक्ष सुनिता थापा, संस्थाका प्रबन्धक हरि घिमिर, उपाध्यक्ष दयासागर अधिकारी लगायतले बोलेका थिए ।

सभाले सचिव विचित्रनाथ अधिकारीले प्रस्तुत गरेको सचिवको प्रतिवेदन र कोषाध्यक्ष सानुकुमारी विकले प्रस्ुतत गरेको आर्थिक प्रतिवदेन पारित गरेको छ ।

तपाईको प्रतिक्रिया