अली मिया स्मृति चौथो खुला सेभेन ए साइड फुटबलको उपाधि रामघाटले जित्यो

पोखरा । लोककवि अली मियाँ स्मृति चौथो खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि रामघाट एफसी (सेतो) ले जितेको छ। आइतबार पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको फाइनल खेलमा लिभिक एफसी (बी) लाई टाइब्रेकरमा २–३ को गोल अन्तरले हराउँदै रामघाटले उपाधि हात पारेको हो।
निर्धारित समयसम्म दुवै टिमबाट गोल हुन नसक्दा उपाधिको छिनोफानो टाइब्रेकरबाट भएको थियो। गोलकिपर प्रविन गुरुङले लिभिकका खेलाडीको प्रहार रोक्न सफल हुँदा रामघाटले उपाधि जित्न सफल भयो।
जीतसँगै रामघाटले १ लाख ४० हजार रुपैयाँसहित प्रतियोगिताको ट्रफी हात पारेको छ भने उपविजेता लिभिकले ८५ हजार नगद र ट्रफीमा चित्त बुझाएको छ।
फाइनल खेलमा सुरुदेखि नै लिभिकलाई दबाबमा राखेका रामघाटका खेलाडीहरूको धेरै प्रहार विफल भएको थियो। टाइब्रेकरमा रामघाटका गोलकिपर प्रविन गुरुङ चम्किएपछि लिभिक स्तब्ध भयो।
खेलमा सर्वोत्कृष्ट खेलाडी रामघाटका सुशन गुरुङ घोषित भए। यस्तै, रामघाटकै विशान गुरुङ सर्वोत्कृष्ट मिडफिल्डर र प्रविन गुरुङ सर्वाधिक गोलकर्ता भए। लिभिकका संगम ठकुरी सर्वोत्कृष्ट डिफेन्डर घोषित भए भने माछापुच्छ्रे त्रिशक्तिका मनिष ठकुरी सर्वोत्कृष्ट गोलकर्ता घोषित भए। यस्तै, अनुशासित टिम घोषणा भएको माछापुच्छ्रे त्रिशक्तिले ट्रफी प्राप्त गर्यो।
विधागततर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।
नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा यही माघ १३ गतेदेखि प्रतियोगिता सुरु भएको थियो।
प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरूलाई पोखरा महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष किरण बराल, वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापा, समितिका अध्यक्ष अब्बास अली मियाँ लगायतले मेडल, शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया