मादी गाउँपालिका राहत शिक्षक समितिमा पदम सापकोटा

मादी (कास्की) । नेपाल राहत शिक्षक मादी गाउँपालिकाको कार्य समिति गठन गरिएको छ। शनिबार नेपाल राहत शिक्षक केन्द्रीय सह-अध्यक्ष विष्णुप्रसाद दाहालको प्रमुख आतिथ्यतामा तथा नेपाल राहत शिक्षक कास्कीका अध्यक्ष राजेन्द्र गिरीको अध्यक्षतामा सम्पन्न भेलाले ११ सदस्यीय समिति चयन गरेको हो।
समितिमा पदम सापकोटा अध्यक्ष, सुजन तिवारी उपाध्यक्ष, सूर्यनाथ तिवारी सचिव, विमल गुरुङ सहसचिव, सृजना अधिकारी कोषाध्यक्ष चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा सन्तोष लामिछाने, राजु अधिकारी, किरण बास्तोला, तारा कुमारी भूर्तेल र राजकुमार गुरुङ रहेका छन्। सह-कोषाध्यक्ष पद रिक्त रहेको छ।
कार्यक्रमका प्रमुख अतिथि दाहालले राहत शिक्षकलाई राज्यले फरक दृष्टिकोणले हेर्न नहुने उल्लेख गर्दै उनीहरूको व्यवस्थापन राज्यको जिम्मेवारी रहेको बताए। उनले राहत शिक्षकहरूले विशेष परिस्थितिमा शैक्षिक विकासमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गरे।
केन्द्रीय सदस्यहरू चन्द्र मोहन सुवेदी र सुवोध तिम्सिनाले राहत शिक्षकलाई राज्यले अपनत्व लिनुपर्नेमा जोड दिँदै माग पूरा गराउन आवश्यक परे आन्दोलनका कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखे।
कार्यक्रममा जिल्ला उपाध्यक्ष हरिप्रसाद गौतमले स्वागत मन्तव्य राखेका थिए भने जिल्ला सचिव सूर्य नेपालीले कार्यक्रम सञ्चालन गरेका थिए।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया