कृषिमा आधुनिकीकरण गर्न जरुरी छः सञ्चारमन्त्री

लमजुङ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँको विकासको लागि कृषिमा आधुनिकीकरण गर्न जरुरी रहेको बताएका छन् ।
लमजुङ मर्स्याङ्दी गाउँपालिका–८ मा रहेको सिमलचौर भूमिगत सिँचाइअन्तर्गत बोरिङ उद्घाटन गरेपछि मन्त्री गुरुङले स्थानीयमा खेतीपाती र उत्पादनमा जोड दिन आग्रह गरे ।
पूर्वाधार बनाउने काम सरकारको भएको र विकासको गतिविधि गर्ने काम जनताको भएको बताउँदै मन्त्री गुरुङले चालु आर्थिक वर्षमा लमजुङको घरघरमा टेलिफोन र इन्टरनेट पुर्याउने प्रतिबद्धता जनाए ।
बोरिङ सिँचाइ सञ्चालनमा आएपछि यसको भरपुर सदुपयोग गर्न समेत आग्रह गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले वर्तमान सरकारले जनताको हितमा थुप्रै कदम चाल्दै गएको जानकारी दिए । उनले बिग्रिएको र भत्किन लागेको मुलुकलाई सुधार्न दुई ठूला दल गठबन्धनमा आएकाले सरकार ढल्छ कि ढल्दैन भन्ने विषयमा चिन्ता नगर्न समेत आग्रह गरे ।
विगतका सरकारले देशमा अस्थीरता सिर्जना गरेको टिप्पणी गर्दै मन्त्री गुरुङले भने, “राजनीतिक अस्थिरताले गर्दा सरकारपिच्छे बजेट आए । राम्रोसँग राजस्व उठेन, खर्च हुन पनि सकेन, यी सबै समस्या समाधान गर्न अहिलेको सरकारले अभ्यास गरिरहेरको छ ।” बर्खेपानीको भरमा खेती गर्नुपर्ने अवस्था अहिले बोरिङ आएपछि समाधान हुने मन्त्री गुरुङको भनाइ छ ।
वडा ८ का अध्यक्ष धनसिंह तामाङले पानीको अभावले थुप्रै खेतबारी बाँझै रहने गरेको उल्लेख गर्दै बोरिङ सञ्चालनमा आएपछि खेती गर्न सहज हुने विश्वास व्यक्त गरे । स्थानीय उपभोक्ता पञ्चकली गुरूङले सिमलचौर गाउँको सिँचाइको लागि बोरिङ सहयोगसिद्ध हुने विश्वास व्यक्त गरे । बोरिङ सञ्चालन भएसँगै एक सय ५० भन्दा बढी घरधुरीले खेती गर्नसक्ने सुविधा प्राप्त गर्नेछन् ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया