माधव वियोगी पुरस्कृत

पोखरा ।
महाकाव्यकार माधव वियोगी काठमाडौंमा पुरस्कृत भएका छन् । शनिबार मुक्तिनाथ दर्शन साहित्य समाजले वियोगीलाई सम्मान गरेको हो ।
छन्द बचाऊँ अभियान २०५३ र महाकाव्य लेखन अभियान २०६० को सञ्चालनद्वारा छन्द र महाकाव्यको उन्नयनमा योगदान दिएवापत उनलाई सूर्यबहादुर केसी स्मृति नेपाली साहित्य उन्नयन पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा साहित्यकार भूवनहरि सिग्देलले भाषा, साहित्यको विकासमा तत्पर रहेका स्रष्टाको सम्मान गरी मुक्तिनाथ दर्शन साहित्य समाजले उल्लेख्य काम गरेको बताए ।
महाकाव्यकार वियोगीले काव्य संस्कृतिका रूपमा रहेको छन्दलाई बचाउन र थप कृतिको सिर्जनाका लागि आफूलाई सम्मानले उत्साह थपेको जनाए । समारोहमा नरनाथ लुइँटेल, विवश पोखरेल, विदुर अधिकारी, केशवराज आमोदी, सिर्जना खनाल लगायत पनि सम्मानित गरिएको छ ।
समाजका अध्यक्ष कलानिधि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा हरिभक्त सिग्देल, भैरवी भूगोल लगायतले बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया