कास्की जिल्लास्तरीय बहिरा फुटबल प्रतियोगितामा सृजना बहिरा आवासीय मावि प्रथम

पोखरा । कास्की जिल्लास्तरिय बहिरा फुटबल कप सेभेन ए साइड फुटबल प्रतियोगितामा सृजना बहिरा आवासीय मावि प्रथम भएको छ ।
सामाजिक विकास कार्यलय गण्डकीको सहयोग र गण्डकी बहिरा खेल क्लवको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा अन्नपूर्ण बहिरा खेल संघ द्वित्तीय र गण्डकी बहिरा संघ तृतीय भए । यस्तै आयोजक बहिरा फुटबल खेल क्लब सान्त्वना भयो । प्रतियोगितामा अन्नपूर्ण बहिरा संघका कप्तान वीरबहादुर विक म्यान अफ दी म्याच घोषित भए भने उत्कृष्ट गोलकिपर सृजना बहिरा आवासीय माविका दिपेन्द्र खड्का बने ।
प्रतियोगिताको उद्घाटन गर्दै सामाजिक विकास कार्यलय कास्कीका प्रमुख राजेन्द्र पौडेलले बहिरा युवाको मनोबल बढाउनका लागि प्रतियोगितामा आर्थिक सहयोग उपलब्ध गराएको जानकारी दिए ।
कार्यक्रममा उनले बहिरा युवाहरु पनि अन्य युवाहरुभन्दा कम नहुने बताए । बाराही माविको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन समारोहमा गण्डकी बहिरा संघका अध्यक्ष किसान तामाङले बहिरा अपांगता भएका व्यक्तिहरु खेलकुदमा निकै अब्बल भए पनि अगाडि आउन नसकेकोले खेलाडीहरुलाई अगाडि ल्याउनका लागि प्रतियोगिता गरिएको जानकारी दिए ।
उनले बहिरा व्यक्तिहरु पनि राष्ट्रिय र अन्तरर्राष्ट्रिय रुपमा हुने खेलकुद प्रतियोगिताहरुमा प्रतिष्पर्धा गर्न सक्ने भएकाले उनीहरुको मानसिक तथा शारीरिक विकासका लागि प्रतियोगिता महत्वपूर्ण रहेको बताए । प्रतियोगिताको समापन समारोहमा सामाजिक विकास कार्यलयका शाखा अधिकृत ज्ञानेश्वर सुवेदीको प्रमुख आतिथ्यता थियो । समारोहमा दोभासे रुपमा अञ्जली सुनार थिइन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया