अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता पोखरामा जारी
डिफेन्डिङ च्याम्पियन शान्ति निकुन्जको विजयी सुरुवात

पोखरा ।
डिफेन्डिङ च्याम्पियन शान्ति निकुन्ज बोर्डिङ स्कुलले विजयी सुरुवात गरेको छ । पोखरामा जारी चौथो सस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ अन्तर्गत सोमबारको खेलमा साविक विजेता शान्ति निकुन्जले गुप्तेश्वर वेद विज्ञान पाठशालालाई ७–० कोएक तर्फी फराकिलो गोल अन्तरले पराजित गर्यो ।
शान्ति निकुन्जको जितमा म्यान अफ दी म्याच घोषित इन्द्र बहादुर बि.क.ले ह्याट्रिक, टानसेन जुग्जालीले २ र सवनिल अधिकारीले एक गोलको योगदान दिए । प्रतियोगितामा पहिलो पटक सहभागी भएको गुप्तेश्वर वेद विज्ञानको टोलीले शान्ति निकुन्जलाई एक गोल उपहार दियो । गुप्तेश्वर वेद विज्ञानका हेमराज कंडेललाई प्रोत्साहन स्वरुप ट्रफी प्रदान गरिएको थियो ।
पोखराको ड्याम साइड क्लवको आयोजनामा सोमबार भएको पहिलो खेलमा भने एल.पी. देवकोटा मेमोरियलले छोेरेपाटन माविलाई सडेन डेथमा पराजित गर्यो । निर्धारित समयमा दुबै तर्फ गोलरहित बराबरीमा पुगे पछि टाइब्रेकरमा पनि दुबै तर्फ ३÷३ गोल भए पछि सडेनडेथमा एलपी देवकोटाले जित हासिल गरेको हो । टाईब्रेकरको सडेन डेथमा ६–५ को गोल अन्तरले एलपीले जित हात पार्न सफल भयो । सडेन डेथमा छोरेपाटनका अरुन लिम्बुले पेनाल्टी सुटमा गोल गर्न चुक्दा एलपीका सफल रेग्मीले पेनाल्टीमा गोल गरेका हुन् । एलपीका प्रिन्स गुरुङ खेलमा म्यान अफ दी म्याच घोषित भए ।
सोमबारको दोश्रो खेलमा श्री जानकी माविले बालोदय बोर्डिङ स्कुललाई टाईब्रेकरमा ४–२ को गोल अन्तरले पराजित गर्यो । २५÷२५ मिनेटको निर्धारित समयमा दुबै तर्फ गोल हुन नसके पछि खेल टाईब्रेकरमा धकेलिएको हो । श्री जानकीका गोलरक्षक प्रबेश श्रेष्ठ खेलमा म्यान अफ दी म्याच घोषित भए । क्लबका पूर्व खेलाडी हाल अमेरिकामा बस्दै आएका कुमार शेरचन, अध्यक्ष बराल लगायतले म्यान अफ दी म्याच ट्रफी वितरण गरे ।
तेश्रो खेलमा ओम एकेडेमीले सहज जित दर्ता गर्यो । प्रतियोगितामा एक्स आर्मी पब्लिक स्कुल सहभागी नभई वाकओभर दिएसगै ओम एकेडेमीले दोश्रो चरणमा यात्रा बनाएको हो ।
त्यसै गरी भोलि (मंगलबार) पहिलो चरणका ४ खेल हुने भएको प्रतियोगिताका संयोजक विनोद परियारले बताए । यसैबिच, यही माघ २६ गतेसम्म संचालन हुने प्रतियोगितामा १९ बिद्यालयको सहभागिता रहेको क्लवका अध्यक्ष रमेशप्रसाद बरालले बताए ।
७ दिनसम्म चल्ने प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्ने भएका छन् ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया