निजामती कर्मचारी युनियन स्याङ्जामा पुरुषोतम कोइराला

पोखरा । नेपाल निजामती कर्मचारी युनियन स्याङ्जा जिल्लाको अध्यक्षमा पुरुषोतम कोइराला सर्वसम्मत निर्वाचित भएका छन् । नवौं अधिवेशनबाट निर्वाचित उनी भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्याङ्जाका अधिकृत हुन् ।
खुला उपाध्यक्षमा गणेशबन्धु रेग्मी. महिला उपाध्यक्षमा शोभा बस्याल र समावेशी उपाध्यक्षमा शान्तिकुमारी श्रेष्ठ निर्वाचित भए । सचिवमा विनोद शर्मा, सहसचिव पदमा युवातर्फ आशिककुमार क्षेत्री, कोषाध्यक्षमा भवानीशङ्कर पोखरेल, सदस्यहरुमा चिरञ्जीवी अधिकारी, भुपराज न्यौपाने, चिरञ्जीवी खनाल, लालु कोइराला, राजन विक, खडानन्द रेग्मी र सन्दिया विष्ट निर्वाचित भए ।
केन्द्रीय प्रतिनिधिमा प्रकाश खनाल, भेषबहादुर राना, प्रदीप चापागाईं, राजन तिमिल्सिना, गीताकुमारी राना, विन्दु कोइराला निर्वाचित भए ।
प्रदेश प्रतिनिधिमा दशरथ उपाध्याय, माधवप्रसाद न्यौपाने, सिरमती थापा, लक्ष्मी पोख्रेल, दोलराज गैह्रे, नारायणप्रसाद पाण्डे चयन भए ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया