गण्डकी प्रदेश स्थापना दिवस
समृद्धिका लागि प्रदेश उपयुक्त

योशदा रिमाल
प्रदेशसभा सदस्य, नेकपा (एमाले)
प्रदेश संरचना जतनाको पक्षमा छ भन्ने मलाई लागेको छ । हिजो संघीयत नहुँदा जनतालाई एउटा सानो कामका लागि पनि संघमा धाउनुपर्ने अवस्था थियो । जनताको काम गर्न पहुँच नपुग्दा दुख पाउनुपर्ने अवस्था थियो । संविधान जारी भएर संघीयता आएपछि घर घरमा सिंहदरबार भनेका छौं । स्थानीयपछिको दोस्रो नजिकको सरकार भनेकै प्रदेश सरकार हो ।
प्रदेशमा भएका विकासका कामदेखि कला, संस्कृति छुट्टै पहिचान गर्न पाउने जनताको समस्या समाधान गर्न पाउने र विकासको गति बढाउन पाउने, आफैंले नीति निर्माण गर्न पाउने खालको आफ्नै स्वयक्तता भएकाले प्रदेश संरचना वास्तवमै जनताको पक्षमा छ । हुन त पछिल्लो समय प्रदेशप्रति भ्रामक कुरा फैलाइएको छ तर पनि त्यो सत्य होइन । संघीयता देशका लागि आवश्यक छ । समाज अलि फरक तरिकाबाट गएको छ । विस्तारै जनताले बुझ्छन् । समृद्धि र विकासका लागि यो संरचना उपयुक्त छ । म आफैं प्रदेश सांसद भएर काम गरिरहँदा पर्याप्त मात्रामा प्रदेशले भनेको जति काम गर्न सकिरहेको त छैन । यसमा पुँजी आएर जोडिन्छ ।
यहाँ आएर हामीले नीति बनाउन पाएका छौं । बनेका कानुन कार्यान्वयन गर्ने कुरा भइरहेका छन् । कानुन कार्यान्वयन भयो/भएन अनि कति आवश्यक छ/छैन भनेर समीक्षा हुँदा मलाई ठीकै लागेको छ । केन्द्रबाट पनि प्रदेशलाई हस्तक्षेप वा दिनुपर्ने अधिकार पूर्ण रुपमा आएको पनि छैन यि यस्ता केही कारणले गर्दा पूर्ण सन्तुष्ट हुने अवस्था त छैन ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया