स्वास्थ्य सचिव शर्माको सरुवाविरुद्ध रिट
अदालतले माग्यो स्वास्थ्यतर्फका ११ औं तहका कर्मचारीको विवरण

पोखरा ।
सरुवा बदर गरी स्वास्थ्य मन्त्रालयको सचिवमै वहालीको माग गर्दै डा बिनोदबिन्दु शर्माले दायर गरेको रिटमा उच्च अदालत पोखराले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा आदेश गरेको छ । न्यायाधीश दीपेन्द्र अधिकारी र मेरिना श्रेष्ठको इजलासले गण्डकी प्रदेशमा समायोजन भएका एघारौं तहका स्वास्थ्य तर्फका कर्मचारीहरुको दरबन्दीको विवरण झिकाउने आदेश गरेको हो ।
सोमबार दुवैपक्षका कानुन व्यवसायीको बहसपछिको आदेशमा भनिएको छ, ‘गण्डकी प्रदेशमा समायोजन भएका यी निवेदकसहित एघारौं तहका स्वास्थ्य तर्फका कर्मचारीहरुको दरबन्दी के कति र कहाँ पदस्थापन भएको छ ? सो को कागजातसहित पूर्व आदेश बमोजिमका फाइलहरु समेत छलफल पेसीमा इजलास समक्ष देखाइ फिर्ता लैजाने गरी लिई आउनू ।’ थप सुनुवाइका लागि अदालतले माघ २८ गतेका लागि पेसी तोकेको छ ।
आफू स्वास्थ्य सचिवमा कार्यरत रहेकै बेला संघका कर्मचारी डा. विश्वबन्धु बगालेलाई सचिवमा नियुक्त गरेर आफूलाई प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा सरुवा गरेपछि शर्मा अदालत पुगेका थिए । ८ गते शर्माले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै ९ गते न्यायाधीश उमेश कोइरालाको इजलासले विपक्षी मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालय समेतका नाममा अल्न्पकालीन आदेश जारी गरेको थियो ।
उक्त रिटमाथि माघ १४ गते न्यायाधीश मीलनकुमार राई र उमेश कोइरालाको इजलासमा सुनुवाई भएको थियो । दुवै पक्षका कानुन व्यवसायीको बहस र पेस गरेका कागजातका आधारमामात्रै इजलास प्रष्ट हुन नसकेपछि माघ २१ गतेका लागि अर्को पेसी तोकिएको थियो । २१ गते सोमबार निवेदकका तर्फबाट अधिवक्ता कमलप्रसाद अर्याल र विपक्षीका तर्फबाट मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल, सहायक न्यायाधिवक्ता टेकनाथ शर्मा र विपक्षी डा. विश्ववन्धु वगालेको तर्फबाट वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदीले बहस गरेका थिए । बहसपछि इजलाशले थप कागजात मगाउने आदेशसहित माघ ९ मा जारी अल्पकालीन आदेशलाई निरन्तरता प्रदान गरेको छ ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया