प्रेस चौतारी नेपाल म्याग्दीको अध्यक्षमा पुनः प्रताप बानियाँ चयन

समाधान संवाददाता २०८१ माघ २३ गते १४:४७

म्याग्दी। प्रेस चौतारी नेपाल म्याग्दीको अध्यक्षमा पुनः प्रताप बानियाँ चयन भएका छन् । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसकै दिन आयोजित छैठौं अधिवेशनबाट बानियाँको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।

Advertisement

समितिको उपाध्यक्षमा देवी जिसी र मनु थापा, सचिव अमित विश्वकर्मा, उपसचिवमा कृष्ण कार्की र दिपा बुढाथोकी, कोषाध्यक्षमा किरण कार्की र सदस्यहरुमा स्वइच्छा बानियाँ र दिनेश बानियाँ चयन भएका हुन् ।

चौतारीको अधिवेशनकै अवसरमा म्याग्दीको पहिलो दैनिक पत्रिका रुप्से दैनिका सम्पादक प्रमोद शर्मालाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरेको छ । प्रेस चौतारी म्याग्दीले स्थापना गरेको यो पुरस्कार यस अगाडि अमृत बास्कुने, तारानाथ शर्मा, सुरत केसी, घनश्याम खड्का, कृष्ण जिसीले प्राप्त गरी सकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया