स्वास्थ्य मन्त्रीकै उपस्थितिमा पोखरामा एचपिभी खोप अभियान शुभारम्भ

समाधान संवाददाता २०८१ माघ २३ गते १४:५६

पोखरा । पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप अभियान पोखरामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुभारम्भ गरेका छन्। पोखरा महानगरपालिका वडा नं. १२ स्थित शीतलादेवी माध्यमिक विद्यालयमा बुधबार मन्त्री पौडेलको उपस्थितिमा खोप कार्यक्रम सुरु गरिएको हो।

Advertisement

नेपाल सरकारले देशव्यापी रूपमा सञ्चालन गरिरहेको यो अभियान अन्तर्गत पोखरा महानगरपालिकाका २३ हजार ७४८ बालिकालाई खोप प्रदान गरिने छ। फागुन ६ गतेसम्म चल्ने अभियानका लागि २७५ विद्यालय तथा ४७ वटा स्वास्थ्य संस्थामा खोप सेवा उपलब्ध गराइनेछ। अभियानमा ३४४ जना स्वास्थ्यकर्मी र ६८८ जना स्वयंसेवक परिचालित छन्।

विद्यालय तहका कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप दिइँदै छ।

Advertisement

नेपालमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि १० देखि १४ वर्षका किशोरीलाई खोप दिने, ३० वर्ष माथिका महिलाको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गर्ने तथा क्यान्सर रोग निदान भएकाहरूको नियमित उपचार गर्ने जस्ता प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया