पदको औचित्य पुष्टि गर्न सके मात्रै सफल नेतृत्व सावित : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पदको औचित्य पुष्टि गर्न सके मात्रै सफल नेतृत्व सावित हुने बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज नेपाल निजामती कर्मचारी सङ्गठनको १२औँ विभागीय अधिवेशनमा बोल्दै मन्त्री गुरुङले पदमा हुँदैमा सक्षम नेतृत्व सावित नहुने बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संस्थापक एवं पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको चर्चा गर्दै हालका प्रधानमन्त्री केपी शर्मा ओलीकोसमेत नेतृत्व क्षमताको उदाहरण दिनुभयो ।
“पद पाउनु नेतृत्व सावित हुनु होइन,” उहाँले भन्नुभयो, “पदीय जिम्मेवारीमार्फत के कस्ता परिवर्तन ल्याउन सक्यो त्यो नेतृत्व क्षमता हो ।” रुपान्तरण ल्याउन सक्ने नेताले जनताको मनमा स्थान पाउने धारणा उहाँको थियो ।
उहाँले निजामती कर्मचारी सङ्गठनको कार्यशैलीप्रति प्रशंसा व्यक्त गर्दै बलियो सङ्गठन बन्न विचार, भावना, सङ्गठन र शैलीमा एकरुपता आवश्यक रहको उल्लेख गर्नुभयो । रासस







राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया