गण्डकी मेडिकल कलेजमा विद्यार्थीलाई स्वागत

समाधान संवाददाता २०८१ माघ २४ गते १७:०५

पोखरा ।

Advertisement

गण्डकी मेडिकल कलेज (जीएमसी) मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत कार्यक्रम भएको छ। बिहीबार कलेजको बेसिक साइन्स क्याम्पस, लेखनाथमा विद्यार्थीलाई खादा लगाई स्वागत गरिएकाे हाे ।

कलेजका सुचना अधिकृत कृष्ण पौडेलले विद्यार्थीको मनोबल उच्च राख्न तथा कलेजप्रति आत्मीयता बढाउन कार्यक्रम गरिएको बताए ।

कलेजका प्रिन्सिपल डा रविन्द्रप्रसाद श्रेष्ठले विद्यार्थीलाई सफल शैक्षिक यात्रा तथा उज्ज्वल भविष्यको शुभकामना दिएका थिए। अनुशासन, परिश्रम र समर्पणले मात्र उत्कृष्ट डाक्टर बन्न सकिने कुरामा उनले जोड दिए ।

कार्यक्रममा डा. एनडी सुवेदी, डा बृहस्पति सिग्देल, प्रशासक ज्ञानेन्द्र गौतम लगायतले बोलेका थिए । मेडिकल सुपरिटेण्डेन्ट डा टुमाया घले, ज्ञानेन्द्र गौतम, कृष्णराज घिमीरे, शिक्षक, डाक्टर, कर्मचारीहरुको उपस्थिति थियाे ।

Advertisement

तपाईको प्रतिक्रिया