लुम्लेमा कविता गाउँ स्थापना दिवस मनाइँदै

पोखरा । कविता गाउँ लुम्लेले स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष शन्तमाया गौचनको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
संस्थाले २०८१ चैत १५ गते कविता प्रतियोगितासहित विविध कार्यक्रमका साथ स्थापना दिवस मनाउने भएको हो । कास्की जिल्लाको लुम्लेलाई २०६५ चैत १५ गते विविध कार्यक्रमसहित विधिवगत कविता गाउँ घोषणा भएपछि कविता गाउँ लुम्लेले स्थापना दिवस मनाउँदै आएको छ ।
बैठकले कविता पार्क लुम्ले निर्माण प्रक्रियालाई अगाडि बढाउन गठित विभिन्न उपसमितिलाई क्रियाशीलताका साथ लाग्नका लागि बैठकले आग्रह गरेको छ । पार्क निर्माण अर्थ सङ्कलन समितिका संयोजक विश्वमोहन गौचनले अर्थ संकलन प्रक्रियालाई द्रुतरुपमा अगाडि बढाइएको जानकारी गराउँदै सबैलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरे ।
बैठकपछि समिति, उपसमिति तथा वडा नम्बर ६ का वडाध्यक्ष एकदेव देवकोटाले पार्क निर्माणस्थलको अवलोकन गरी निर्माण प्रक्रियालाई अगाडि बढाउन वडा सक्रिय रुपमा अगाडि बढ्ने बताए ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया