एमाले र कांग्रेसको सहकार्य ८४ सम्मै : एमाले उपमहासचिव ज्ञवाली

पोखरा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले र नेपाली कांग्रेसको सत्ता सहकार्यले मुलुकलाई राजनीतिक स्थायित्वतर्फ लगेकाले सहकार्य जारी रहने बताएका छन् ।
केन्द्रीय पार्टी स्कुल विभागको सहकार्यमा एमाले कास्कीले पोखरामा बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले २०८४ सालसम्म २ पार्टीको सत्ता सहकार्य हुने र चुनावमा नयाँ समीकरण बन्ने बताए ।
‘नेकपा एमाले र नेपाली कांग्रेसबिचमा प्रतिष्पर्धा र सहकार्यको छुट्टाछुट्टै क्षेत्र छन्’ उनले भने, ‘२०४८ सालदेखि अहिलेसम्म आउँदा दुई पार्टी नै मुख्य प्रतिष्पर्धी भए पनि राजनीतिक स्थायित्वको लागि सहकार्य गरिएको हो ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३२ सिट सत्ता स्वार्थमा दूरुपयोग गरेकाले त्यसलाई रोकेर राजनीतिक स्थायित्वका लागि दुई पार्टीको सहकार्य भएको उनले स्पस्ट पारे ।
एमाले र कांग्रेसले गत असारदेखि सहकार्य गरेपछि अर्थतन्त्र चलायमान भएको र लगानी बढ्दै गएको उनको भनाइ छ । राजीतिक स्थायित्व, अर्थतन्त्रको विकास र समृद्धिलाई तीव्रता दिन एमाले नेतृत्वको सरकार लागिपरेको दाबी उनको छ ।
‘लोकतन्त्र र अराजतकता सँगै जान सक्दैन’ उनले भने, ‘सामाजिक सञ्जालमा देखिएको विकृतिलाई रोक्नका लागि सरकारले अध्ययादेश ल्याएको हो, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति लक्षित छैन ।’ यो सरकारले संकटलाई पार लगाएर मुलुकलाई समृद्धितर्फ लग्ने उनले प्रष्ट पारे ।









‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया