दिगो सहरी यातायात व्यवस्थापनका लागि एडिबी प्रतिनिधिको पोखराका मेयरसँग छलफल

पोखरा । दिगो सहरी यातायात व्यवस्थापनका लागि इमोविलिटी परियोजना सञ्चालन सम्बन्धमा एसियाली विकास बैंकका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण रामामुर्ति नेतृत्वको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल गरेको छ ।
सो क्रममा पोखराको सार्वजनिक यातायात सुधारसँगै दिगो व्यवस्थापनका लागि विद्युतीय सवारीमा जोड, चार्जिङ् स्टेसनहरू निर्माण, सार्वजनिक यातायात सेवा सम्बन्धी डिजिटल जानकारी, व्यवस्थित बस स्टपहरूको पूर्वाधार तयार गर्ने लगायत विषयमा छलफल भएको छ ।

पोखरा नेपालको पर्यटन राजधानी घोषणा भएसँगै विकास साझेदारहरूले प्राथमिकताका साथ विभिन्न परियोजना सञ्चालनमा जोड दिइरहेका छन् । यसअघि नगर प्रमुख आचार्यले पनि आफ्नो मनिला भ्रमणका क्रममा एविडीको मुख्यालय पुगेर पोखरामा इमोविलिटी परियोजना सञ्चालनका विषयमा छलफल गरेका थिए ।
एसियाली विकास बैंक र ग्रिन कम्लाइमेट फण्डको साझेदारीमा करिब एक सय मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियत ऋण सहायतामा परियोजना सञ्चालन गर्न सम्भाव्य अध्ययनको कार्य याथसक्य छिटो सुरु गर्न दुवै पक्ष सहमत भएका छन् । परियोजनाको पहिलो चरणमा करिब ४० मिलियन अमेरिकी डलर खर्च हुनेछ ।
परियोजना सञ्चालनका लागि आवश्यक समन्वय तथा स्थानीय व्यवस्थापनको कार्य पोखरा महानगरपालिकाले गर्ने नगर प्रमुख आचार्यले बताए । यस परियोजनाले पोखराको सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउनुका साथै वातावरण तथा पर्यावरणको संरक्षणमा समेत महत्त्वपूर्ण योगदान गर्ने उनले विश्वास व्यक्त गरे ।










ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया