कास्की जिल्ला टि २० क्रिकेट लिगमा राइजिङ र लेकसाइड विजयी

समाधान संवाददाता २०८१ माघ २५ गते २०:५५

पोखरा । लेकसाइड क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई ६५ रनले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित कास्की जिल्ला टि २० क्रिकेट लिगमा पहिलो खेलमा लेखनाथ युथ क्रिकेट क्लबलाई ४७ रनमा समेट्दै लेकसाइडले पहिलो जित दर्ता गर्‍यो ।

Advertisement

टस जितेर ब्याटिङ रोजेको लेकसाइडले निर्धारित २० ओभरमा १ सय १२ रन बनायो । ओपनर सन्तोष जोशी गोल्डेन डकआउट भए । अर्का ओपनर केशव सुनारले २० रन बनाए । पाँचौ नम्बरमा आएका नवीन खनालले २९ रन बनाउँदै टोलीलाई उकास्ने प्रयास गरे ।

दोर्जे लामाले १६ रन बनाउँदा हरिशंकर तिवारीले १३ रनको योगदान गरे । सुवास बास्तोला र दीपक बरालले समान २ विकेट लिए । जवाफी ब्याटिङ गरेको लेखनाथले भने ४७ रन बनाउने क्रममा सबै विकेट गुमायो । विवेक बरालले १२ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बटुल्न सकेनन् ।

प्रदीप पेलाले सर्वाधिक ५ विकेट लिए । अर्को खेलमा राईजिङ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई ११ रनले पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जित्दै राइजिङले अनिष राउतको ३८ रनको योगदानमा १ सय २६ रनको योगफल तयार पार्‍यो ।

ओपनर अनिल गुरुङले १६ रन बनाए । निर्मल शाहीले २३ रन बनाउँदा राउतले ३८ रनको योगदान गरे । उनले ३८ बल खेल्दै ५ चौका प्रहार गरेका थिए । नवीन पोखरेल भने २२ रनमा अविजित रहे । रत्नचन्द्र तिवारी, कविन सापकोटा र रितेश बरालले समान १ विकेट लिए ।

Advertisement

१ सय २७ रनको लक्ष्य पछ्याएको माछापुच्छ्रे क्रिकेट क्लब भने १ सय १६ रनमा समेटियो । ओपनर आशीष न्यौपानेले ६० बल खेल्दै ४५ रन बनाए । अभिषेक थापा १९ रनमा एलबीडब्लु धरापमा परे । पूर्ण जिसी १५ रनमा बोल्ड भएसँगै धरासायी बन्न पुग्यो । समीर भुजेलले ३ र अनिलले २ विकेट लिए । समीर खेलमा प्लयेर अफ दि म्याच घोषित भए ।

तपाईको प्रतिक्रिया