प्राइम मन्टेसरीको १४औं वार्षिकोत्सव

समाधान संवाददाता २०८१ माघ २६ गते ४:१७

पोखरा । पोखर महानगरपालिका वडा नं ११ फूलबारीस्थित प्राइम मन्टेसरी स्कुलको १४औँ वार्षिकोत्सव भएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ आचार्यले बालबालिकालाई उचित शिक्षा प्रदान गर्न मन्टेसरीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

Advertisement

उनले मन्टेसरी शिक्षाले बालबालिकाको बौद्धिक विकास पनि छिटो हुने दावी गरे । आचार्यले बालबालिकाको सिकाई प्रयोगात्मक र बालमैत्री वातावरणमा हुनुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत बद्री सुवेदीले अभिभावकले बालबालिकालाई पर्याप्त समय दिनुपर्ने खाँचो औंल्याए । प्रशिक्षक प्रदीप पराजुलीले बालबालिकाको भावना र अनुशासनमा सबैले ध्यान दिनुपर्ने बताए ।

पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले प्राइम मन्टेसरीले छोटो समयमै राम्रो प्रगति गरेको भन्दै प्रशंसा गरे । मन्टेसरीका संस्थापक निर्देशक विष्णुप्रसाद घिमिरेले मन्टेसरी शिक्षा पद्धतिलाई समयानुकूल परिमार्जित र परिस्कृत गर्र्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

निर्देशक कविता पराजुलीले मन्टेसरी स्थापनादेखि हालसम्म भएका गतिविधिमाथि प्रकाश पारेकी थिइन् । बालबालिकाले विभिन्न सांस्कृतिक र सांगीतिक क्रियाकलाप प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन आर्ट शिक्षक अप्सरा जिसीले गरेकी थिइन् । कार्यक्रममा शिक्षक सुस्मिता पुन र कर्मचारी कुमार गुरुङलाई सम्मान गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया