सिद्धान्त पढ्दै कास्की एमाले कार्यकर्ता

पोखरा । आधारभूत तहको स्कुल सञ्चालनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीले माध्यमिक स्कुलको प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ । केन्द्रीय पार्टी स्कुल विभागको सहकार्यमा भएको प्रशिक्षणमा जिल्ला कमिटी कास्कीका सदस्य, पालिका तथा इलाका कमिटीका अध्यक्ष, गण्डकी प्रदेश तथा कास्कीका जनसंगठनका प्रमुख गरी १ सय ४० जनाको सहभागिता छ ।
पार्टीका उपमहासचिव तथा केन्द्रीय स्कुल विभागका प्रमुख प्रदीप ज्ञवालीले पार्टीले आधारभूत, माध्यमिक र केन्द्रीय स्कुल सञ्चालन गरेको बताए । उनले पालिका, वडा, टोल, जनवर्गीय संगठन, निर्वाचित वडा सदस्य, नवप्रवेशीका लागि १८ घन्टाको आधारभूत स्कुल सञ्चालन गर्ने जनाए । उनले माध्यमिक स्कुलको प्रशिक्षकले आधारभूत स्कुलको कक्षा सञ्चालन गर्ने उल्लेख गरे ।
पार्टीले योजनाबद्ध ढंगले स्कुलिङको काम गरेको जानकारी दिँदै उनले एमालेमा आधारभूत तहको स्कुलबाट प्रशिक्षित व्यक्तिमात्रै जनप्रतिनिधि बन्न पाउने बताए । ३ दिनसम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा एमाले उपमहासचिव ज्ञवालीले माक्र्सवादको विश्व दृष्टिकोण, दर्शन सिद्धान्त र व्यवहार, गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले संगठन निर्माण, व्यवस्थापन र परिचालन विषयमा सहजीकरण गरेका छन् ।
पार्टीका पोलिटब्युरो सदस्य टुकराज सिग्देलले पार्टी अनुशासन र कार्यशैली, केन्द्रीय स्कुल विभागका सदस्य वाइपी आचार्यले सूचना प्रविधि, गलत सूचना र प्रियतावाद, नेपालको दलहरुको तुलनात्मक अध्ययन विषयमा प्रशिक्षण दिएको अध्यक्ष अधिकारीले बताए । केन्द्रीय स्कुल विभागका सदस्य सुन्दर लामिछानेले समावेशिताको सिद्धान्त र व्यवहारिक कार्यान्वयनको अवस्था, प्राडा विश्वकल्याण पराजुलीले नेपालको संक्षिप्त इतिहास तथा नेपाली समाजको चरित्रको विषयमा सहजीकरण गरेका छन् ।
स्थायी कमिटीका सदस्य किरण गुरुङले वर्तमान परिस्थिति, नेता र कार्यकर्ताको दायित्व, स्थायी कमिटीका सदस्य खगराज अधिकारीले महाधिवेशनबाट पारित नीति, कार्यक्रम र कार्यदिशा, कास्की अध्यक्ष वैनबहादुर अधिकारीले जिल्लाको प्रशिक्षणको कार्ययोजना र डा आरसी लामिछानेले कास्कीको समग्र विकासमा पार्टीको भूमिका, विगत र वर्तमान विषयमा सहजीकरण गर्ने भएका छन् ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य कृष्ण थापा, कास्की उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामाले एमालेका नेता तथा कार्यकर्तालाई समयसापेक्ष प्रशिक्षण आवश्यक भएको बताए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया