पोखरा उद्योग वाणिज्य संघको ७१ औं वार्षिकोत्सव, मेलामा सघाउनेलाई सम्मान

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ७१ औँ वर्षमा प्रवेश गरेको उपल्यक्ष्यमा संघले झण्डोत्तोलन तथा सम्मान गरेको छ । कार्यालय परिसरमा वृक्षारोपण गर्नुका साथै ३३ औँ राष्ट्रिय औधोगिक व्यापार मेला तथा आइटी महोत्सवमा सहयोग गर्ने सरकारी निकाय, विभिन्न संघ, संस्था तथा व्यवसायिक प्रतिष्ठानहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरकार र निजी क्षेत्रसँगै मिलेर काम गर्नेुपर्ने बताउँदै पाण्डेले पोखराको समग्र आर्थिक, साँस्कृतिक र शैक्षिक उन्नयनका लागि संघको भूमिका महत्वपूर्ण रहेको बताए ।
संघका अध्यक्ष गोकर्ण कार्कीले पोखराको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गरेको संघले यसपालि आयोजना गरेको ३३ औँ राष्ट्रिय औँधोगिक व्यापार मेला तथा आइटी महोत्सव व्यवसायीको हितमा नै गरिएकाले महोत्सव सफल भएको बताए । संघका उद्योग उपाध्यक्ष तथा महोत्सवका प्रायोजन व्यवस्थापन उपसमिति संयोजक दिनेशचन्द्र बास्तोला मेला आयोजनाको क्रममा सघाउनेलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा पूर्व अध्यक्षहरू राजेन्द्रकुमार लालचन, नारायण कोइराला, संघका महासचिव शोभा गौतम लगायतले बोलेका थिए । २००७ सालको राजनीतिक परिवर्तनपछि पोखरामा स्थापना भएको यो जेठो सामाजिक संस्था हो । उद्योगी/व्यवसायीको हकहितका लागि २०११ माघ २५ गते विधिवत् रुपले संघको स्थापना भएको थियो । अमृतप्रसाद शेरचन संघका संस्थापक अध्यक्ष हुन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया