५ करोड पर्ने बहुमूल्य ढुंगा दिन्छु भन्दै साडे १३ लाख ठगी, ३ पक्राउ

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले ठगी सम्बन्धी घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ।
कुन्ती सुब्बा गुरुङले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा आरोपितहरूले अन्दाजी मूल्य रु. ५ करोड पर्ने बहुमूल्य ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई पटक–पटक गरी रु. १३ लाख ५० हजार ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
प्रहरीले मिति २०८१ माघ २४ गते साँझ ४:३० बजे पोखरा महानगरपालिका वडा नं. ६, लेकसाइडबाट जिल्ला पर्वत, फलेवास नगरपालिका वडा नं. ५ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. १७, छोरेपाटन बस्ने ३१ वर्षीया इन्दिरा बि.क., ३६ वर्षीय राजन बि.क. र जिल्ला खोटाङ, हलेसी नगरपालिका वडा नं. १ स्थायी घर भई बस्ने २७ वर्षीया जुनु भन्ने लक्ष्मी राईलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूको निवासस्थानमा प्रहरीले कानुनी प्रक्रिया अनुरूप खानतलासी गर्दा इन्दिरा बि.क. र राजन बि.क.को कोठाबाट ६ थान सेतो रंगको पारदर्शी ढुङ्गा, १ थान रातो रंगको ढुङ्गा, विभिन्न बैंकका जम्मा रु. ३१ लाख बराबरका ४ थान चेक तथा ४ थान मोबाइल फेला पारेको छ।
यस घटनामा संलग्न व्यक्तिहरूलाई सम्मानित कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार, ठगी तथा अवैध क्रियाकलाप नियन्त्रण गर्न आवश्यक अनुसन्धान जारी राखिएको छ।








ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
पुष्प सदन एकेडेमीको अभिभावक दिवस
प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया