नेपाल प्रहरीका ७५ प्रहरी निरीक्षक डिएसपीमा बढुवा सिफारिस – सूचीसहित

समाधान संवाददाता २०८१ माघ २६ गते ५:३७

काठमाडौं
नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकबाट नायब उपरीक्षक (डिएसपी) पदमा पदोन्नति गर्न ७५ वटा रिक्त स्थानका लागि बढुवा सिफारिस सूची प्रकाशित गरेको छ। गृह मन्त्रालयको मातहतमा रहेको बढुवा समितिको २०८१ माघ २५ गते बसेको बैठकले यो निर्णय गरेको हो।

Advertisement

प्रकाशित सिफारिस सूचीमा नेपाल प्रहरीका विभिन्न विभाग, कार्यालय, तथा शाखाबाट प्रतिनिधित्व गर्ने प्रहरी निरीक्षकबाट नायब उपरीक्षकमा बढुवा भएका ७५ जनाको नाम समावेश गरिएको छ।

प्रहरीका अनुसार बढुवा प्रक्रिया कानूनी प्रावधान र मापदण्डअनुसार गरिएको हो। सिफारिस सूची पूर्ण रूपमा प्रकाशित भइसकेपछि, सम्बन्धित पदाधिकारीहरूलाई औपचारिक निर्णयपछि पदोन्नति दिइने सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया