फेवा डुंगा व्यवसायी संगठनको अध्यक्षमा बलराम गिरी

पोखरा ।
पोखरामा फेवा डुंगा व्यवसायी संगठनको २९ औं साधारण सभा तथा १४ औं अधिवेशन माघ २३ गते सम्पन्न भएको छ । अधिवेशनबाट बलराम गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
अध्यक्ष पद तथा सह–कोषाध्यक्ष पदमा निर्वाचन भए पनि अन्य पदहरूमा निर्विरोध भए । निर्वाचनमा २४७ मत खसेको थियो । अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा बलराम गिरीले १९० मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी विष्णुप्रसाद पहारीले ४५ मत प्राप्त गरे । सह–कोषाध्यक्ष पदमा तारा विक १५८ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी सोभित परियारले ६७ मत प्राप्त गरेको नरबहादुर श्रेष्ठले जानकारी दिए । १० मत भने बदर भएको उनले जानकारी दिए ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा रुद्र भुजेल, सचिवमा शिव जिसी, कोषाध्यक्षमा बुद्धिनाथ पाण्डे, सह–सचिवमा धनबहादुर विक चयन भएका छन् ।
सदस्यहरूमा हिरु पुन, बुद्धिबहादुर गुरुङ, शंकर गिरी, गंगा लामिछाने, आकाश नेपाली, विष्णु पहारी, बेदनिधि पहारी, फूलमाया पौडेल, सदानन्द श्रेष्ठ र दीपक बोगटी छन् । नवगठित कार्यसमितिले संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छन् ।
तपाईको प्रतिक्रिया