च्यारिटी डिनरबाट जुट्यो घान्द्रुक महोत्सवलाई ४ लाख

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुकमा आगामी फागुन ७ देखि १० गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम भएको छ ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले पोखरामा बिहीबार महोत्सवको सन्दर्भमा च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको महोत्सव संयोजक अमृत गुरुङले जानकारी दिए । ‘घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पहिलो पटक हामीले च्यारिटी डिनर आयोजना गरेका हौं’, संयोजक गुरुङले भने, ‘सबै मौसममा पर्यटन भन्ने मूल नाराका साथ घान्द्रुक पर्यन व्यवस्थापन समितिको आयोजनामा आगामी फागुन ७ देखि १० गतेसम्म घान्द्रुक पर्यटन महोत्सव आयोजना गरेका छौं ।’
पोखरामा आयोजना गरेको च्यारिटी डिनरमा ४ लाख १७ हजार ४ सय ११ रुपैयाँ रकम संकलन भएको छ । कार्यक्रममा गायिका प्रिया गुरुङ, उषा गुरुङ सांगीतिक प्रस्तुति र आदिम कला मञ्च सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

घान्द्रुक पर्यन व्यवस्थापना समितिको आयोजनामा आगामी फागुन ७ देखि १० गतेसम्म घान्द्रुक पर्यटन महोत्सव खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता, भेन्ट्रान्स भलिबल, घोडा दौड छेलो लगायतका प्रतियोगिता आयोजना गरिएको छ ।
क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमश १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्ने लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक एवं महोत्सव संयोजक गुरुङले जानकारी दिए ।
भलिबल र बास्केटबल प्रतियोगितामा सहभागिता जनाउन एक समूहलाई ६÷६ हजार शुल्क निर्धारण गरिएको छ । प्रतियोगिताको दुवै विधामा सेमिफाइनलबाट बाहिरिने दुवै समूहलाई नगद १०÷१० हजार पुरस्कार प्रदान गर्ने गुरुङले जानकारी दिए । क्लबस्तरीय भलिबल प्रतियोगितामा आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेका २ जना खेलाडीमात्र समावेश गर्न पाइनेछ ।
महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको विजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । भेन्ट्रान्स भलिबलमा सहभागिताका लागि १ समूहलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । महोत्सवमा हुने घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने छन् । महोत्सवको प्रत्येक साँझ सास्कृतिक कार्यक्रमसमेत हुनेछ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रकमा एकै दिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए ।
तपाईको प्रतिक्रिया