बार काउन्सिल पार्षद

५ प्रदेशमा डिएलए र २ प्रदेशमा पिपिएलएका उम्मेदवार विजयी, गण्डकीमा दयाराम

समाधान संवाददाता २०८१ माघ २७ गते ६:२५

पोखरा । नेपाल कानुन व्यवसायी परिषद् पार्षदका लागि शनिबार भएको निर्वाचनमा ७ मध्ये ५ प्रदेशमा प्रजातान्त्रिक कानुन व्यवसायी (डिएलए) का उम्मेदवार विजयी भएका छन् ।

Advertisement

प्रगतिशील कानुन व्यवसायी संगठन (पिपिएलए) २ प्रदेशमा समेटिएको छ । कोशीमा डिएलए समूहका राजु ढकाल, मधेशमा सञ्जीकुमार मल्लिक, गण्डकीमा दयाराम गौतम, लुम्बिनीमा ईश्वरीप्रसाद ज्ञवाली, सुदूरपश्चिम टेकबहादुर कठायत निर्वाचित भएका छन् । पिपिएलएका तर्फबाट बागमतीमा रविनारायण खनाल र कर्णालीमा मातृकाप्रसाद खनाल विजयी भए । पिपिएलएलाई माओवादी निकट कानुन व्यवसायीहरुको समर्थन थियो ।


परिषद् कानुन व्यवसायीको अनुगमन र नियमनकारी संस्था हो । परिषद्को ऐनले प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताबाट ७ प्रदेशबाट १–१ पार्षद्को चयन गर्नुपर्ने व्यवस्था गरेको छ ।

महान्यायाधीवक्ताको अध्यक्षतामा रहने परिषद्को उपाध्यक्षमा नेपाल बार एसोसियसनको अध्यक्ष, सर्वाेच्च अदालतको रजिस्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित ७ प्रदेशबाट पार्षद चयन हुने व्यवस्था छ ।

गण्डकीबाट निर्वाचित गौतमले पिपिएलएका उम्मेदवार नारायणप्रसाद शर्मासँग ७८ मतान्तरले विजयी भए । गौतमले ३ सय १२ मत ल्याँदा शर्माले २ सय ३४ मत प्राए । गण्डकीमा मनाङ र मुस्ताङ बाहेक ६ सय ५ मतदाता थिए । गौतम उच्च अदालत बार एसोसिएसनका पूर्व अध्यक्ष हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया