मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे
समाधान संवाददाता
२०८१ माघ २७ गते ११:३९

मुग्लिन ।
चितवनमा खसीबोका बोकेको ट्रक आइतबार दुर्घटना हुँदा १९ चौपाया मरेका छन् । दुर्घटनामा खसीबोका गरी १९ वटा मरेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारी जानकारी दिइन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार
बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा दुर्घटना थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया