लेकसाइडमा पोलमा ठोक्किएर बाइक दुर्घटना, २ जनाको मृत्यु
समाधान संवाददाता
२०८१ माघ २७ गते १६:२९

पोखरा ।
लेकसाइडमा आइतबार बिहान (राति १ बजे) भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मोटरसाइकल चालक पोखराको कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र त्यसैमा सवार पोखरा–८, सिमलचौरका २० वर्षीय सुजल अधिकारीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
बिहानीपख लेकसाइडबाट सहिदचोकतिर आउँदै गरेको ग१३प ६७१९ नम्बरको मोटरसाइकलका चालकले नियन्त्रण गुमाई सोलार पोलमा ठोक्किएको प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाशदीप जिसीले बताए। दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । अस्पतालमा चिकित्सकले रानाभाट र अधिकारी दुवैलाई मृत घोषणा गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया