जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन्

दुर्गाप्रसाद रेग्मी २०८१ माघ २७ गते १६:४०

सृष्टिकालमा ब्रम्हाजीले आफ्नो शरीर छुट्टाउँदा दायाँ भागबाट पुरुष र बाँया भागबाट स्त्री उत्पन्न भए । यसैगरी स्त्रीलाई बामांगी भनेकोले सधैं पुरुषको बायाँ पट्टी रहन्छिन् । दायाँ र बाँया मिलेपछी मात्र शरिर पूर्ण हुन्छ । दायाँको अपेक्षा बायाँ कमजोर छ । उस्लाई सधैं दायाँको साथ आवश्यक छ । दायाँ हात बायाँ हात भन्दा बलिष्ट छ । दायाँ हात काम कार्यमा अधिक्यता राख्दछ । किननी बायाँकोे सेवा गर्नाका खातिर बाँया हातले समातेर दाँया हातले पुजा गर्दछ, बाँयाको श्री छटामा रमाउँछ ।

Advertisement


दोश्रो मत भगवान सगुण साकार र निर्गुण निराकार हुनुहुन्छ । निर्गुण निराकारबाट सगुन साकार हुन ब्रम्हले माया प्रकृतिसँग सम्बन्ध राख्नु पर्ने हुन्छ । माया प्रकृतिसँग गुण लिएर परमात्मा सगुण बन्नुहुन्छ । ब्रम्हसँग सत्ता छ, गुण छैन मायासँग ब्रम्ह छैन गुण छ । सृष्टि स्थितिमा ब्रम्ह तथा माया प्रकृति नमिली हुँदैन । ब्रम्ह र माया प्रकृतिको बिचमा एकापसी विनिमय सहमति हुन्छ ।

बिना शक्ति कसैले केहि गर्न सक्दैन । यो शक्ति प्रकृति हो माया हो । माया त्रिगुणातित छ । सत्व, रज र तम । हितता इष्टता प्रियताबाट बस्तुको महत्व बढ्दछ । ब्रम्हसँग मायाले ३ चिज लिन्छ । अस्ति, भाती, प्रियता । ब्रम्हलाई मायाले २ चिज दिन्छ नाम र रुप । यिनै ५ चिज संसारमा ब्रम्ह र माया प्रकृतिका प्रमुख श्रोत हुन् । आध्यात्मिक शक्ति स्वरुपीणी ‘माहामाया’ संसारलाई मुग्ध गरेर सृष्टि स्थिति र पलर्य गर्दछिन् । यिनी भित्र (विद्या, भक्ति, दया, ज्ञान, प्रेम, अविद्या, कामिनी कांचन) सांसारिक भोग्य चिजबस्तु जो भगवानलाई पनि भुलाइदिन्छ ।

अविद्या प्रसन्न नभै विद्या प्राप्त नहुने हुँदा प्रसन्न गर्ने अभिप्रायले पुजा पद्धतिको विकास भएको हो । यो पूजा पद्धति एकार्काको अस्तित्वलाई जोगाउने प्रार्थना हो । जसरी बिजुलीमा तार आधार हो । आध्यय तारमा दौडने करेण्ट । आधार योन हो आध्येय लिंग हो । लिंग बस्ने ठाउँ योनी हो । जस्तै शरिर विना प्राण बस्न सक्दैन । शरिर योनी हो लिंग प्राण हो । यसैको प्रतिकात्मक विभाजन ८४ लाख योनि हो । प्राणले नै शरिरलाई अड्याएको छ । जीवित राखेको छ । यस्तो सम्बन्धलाई अविनाभाव सम्बन्ध भनेको छ । एक विना अर्काको जीवन संभव छैन ।

त्यस्तै ब्रम्ह र माया प्रकृति बिचको अचिनाभाव सम्बन्ध लिंग र योनीको सांकेतिक स्वरुप सम्बन्ध प्रकृति र पुरुषकोे शिव र शक्तिको मिथुनीभाव राधा र कृष्ण शिव । पुरुष चैतन्य प्रकृति जड योनी भित्र पसेको लिंगको सम्बन्ध प्रकृति र पुरुषको प्रतीक हो । दुवैको मिथुनीभाव अभिनाभाव सम्बन्ध संसार । अमुर्त रुप मुर्तबाट प्राप्त हुन्छ । ठक्कर खाएपछि स्पर्सबाट हावा बोध हुन्छ । दुधबाट घिऊ दुधमा रहुञ्जेल अमुर्त घिऊ ठककर खाएपछि मुर्त बन्दछ । लिंग योनीमा ठककर खाएपछि जिवको उत्पत्ति हुन्छ । मुर्त इन्द्रियहरुले छुट्टाउँछन् मुर्त अष्टदधा प्रकृति (भूमि रापो नल वायुखं मनो बुद्धि रेबच) को माध्यमले अमुर्त पुरुष मुर्तमा देखिन्छ । यहि मुर्त र अमुर्तको आपसी अनिवाभाव सम्बन्ध एवं घात प्रतिघात संसार हो ।

Advertisement


तेश्रो मत
भगवानलाई पुत्र, स्त्री, संभोग र स्वर्गको भोगको कामना भएपछि वहाँको शरिरमा लिंगको उत्पत्ति भयो, त्यस्मा उपस्थित इन्द्रिय र त्यसमा प्रजापति देवता उपस्थित हुन्छन् । स्त्री संभोगको सुख यहि इन्द्रियमा यिनै देवताको अधिस्ठतामा अधिनमा रहन्छ । भागवत – २–१०–२६ श्लोक ।

प्रकृतिलाई सिंगार्ने वस्तुहरु सबै समयानुकुल प्रस्तुत हुन्छन् । सार्वजनिक भएर सबैलाई आहा बनाउँछन् । प्रकृतिको उपजको रुपमा रहेका स्त्री या पुरुषले सुन्दर विषयवस्तुले आफुलाई सजाएर सुन्दरतामा रमाउँछन् ।


संसारमा आध्यात्मिक वा भौतिक रुपले २ गुणलाई प्रमुख प्रतिपाध्य विषय मानेको छ । प्रकति र पुरुष । आकर्षण र विकर्षण । नेगेटिभ र पोजिटिभ । प्रकृतिमा विविधता छ । यहि विविधता प्रकृतिको सुन्दरता हो । प्रकृति बाह्रै महिना बार्हैकाल जे जस्तो परिवर्तन ले भए पनि आफुलाई सजाउँछे । लुभानी बनाउँछे । चिन्ताकर्षक बनाउछे । जहाँ यि विशेषता छैन त्यो प्रकृति हैन ।

प्रकृति सुन्दर छ । सृष्टिकर्ता भगवान शुन्दर हुनुहुन्छ । सुन्दरताको उपादेयता सुन्दरता नै हुने हुँदा हरेक जिव प्राणीमा पनि मानिस हरदम हरक्षण आफूलाई सुन्दर प्रस्तुतिमा उद्यत हुन्छ । उपयोगमा नआएको सुन्दरताको कुनै अर्थ हुँदैन । यौटी परम सुन्दरी अप्सरा आफ्नो रुप लावण्यको प्रस्तुतिले प्रकृति झै ठाटीएर पुरुष लाई आकर्षित गर्दछे । यहि पुरुष र प्रकतिको आकर्षण संसारमा महत्व राख्दछ । सुन्दरताले सार्वजनिकता खोज्दछ । यो सुन्दरताको फाँट हो मैदान हो । कसैले नदेखेको नभोगेको सुन्दरता सुन्दरता हुन सक्दैन ।

प्रकृतिलाई सिंगार्ने जतिपनि वस्तुहरु छन् ति सबै समयानुकुल प्रस्तुत हुन्छन् । सार्वजनिक हुन्छन् । सबैलाई आहा बनाउँछन् । आहाँ क्या राम्रो सुन्दर । यहि प्रकृतिको उपज मानिस स्त्री होस् या पुरुष अनेक सुन्दर विषयवस्तुले आफूलाई सजाइ सुन्दरता एवं आहा प्राप्त गरी आफू आफैमा रमाउँछन् । आफू आफैमा रमाउने साधन श्रृंगार हो । सुन्दरता हो । सौन्दर्य प्रदायक वस्तु सौन्दर्य प्रदान गरिहन्छ, वदलामा केही चाहदैन केवल प्रेम ।


सुन्दरता श्रृंगारले आकर्षण पैदा गराउँछ । कहि कसैलाई आकर्षण गर्न नसक्ने सुन्दरता एवं श्रृंगार हुँदैन । कस्लाई आकर्षण गर्ने, आकर्षणका विषयवस्तु नारी र पुरुष हुन् । संसार प्रकृति र पुरुष एकार्कामा आकर्षक छन् । आकर्षणको पछाडी यौन मनोविज्ञान विद्यमान छ । त्यो हो यौनिकताको (भ्रम नहोस् यौनिकता र यौनमा फरक छ) यदि यौनिकताको आकर्षण विकर्षण सृष्टिमा खास मायना राख्दछ । विना आकर्षण सृष्टि हुँदैन । ‘जस्तो दृष्टि त्यस्तै सृष्टि’ । नयाँ सृष्टिको लागि श्रृंगार आवश्यक छ ।

श्रृंगा र सृष्टि अन्योन्याश्रीत छन् । श्रृंगार जस्ले सुन्दरता बृद्धि गर्दछ । जुन सुन्दरताले आकर्षण पैदा गर्दछ । सृष्टि कार्य हुन्छ । सुन्दरता सधैं भोगको भोक साची रहन्छ विना भोग सुन्दरता के गर्ने ? भगवान कृष्ण नक्कले छन् सुन्दर छन् १६१०८ सुन्दरी चलाउँछन् भगवान विष्णु सुन्दर छन् लक्ष्मी चलाउँछन् । शिव रुपमा सुन्दर छैनन् यौटी स्वास्नी पनि भगवान विष्णुले छल गरेर मिलाइदिन्छन् । त्यस्तै राम्रा देवताहरुका श्रीमतीहरु नराम्रा देवताका श्रीमतीहरु बीच तात्वीक भिन्नता छ । ब्रम्हाजी ३ टाउके छन्, चिन्ताकर्षक छैनन् ।


‘यत्र नारी सुपुन्यन्ते’ जहाँ नारीको पूजा हुन्छ यो आध्यशक्ति परम्वा भगवती बराबरै हो । पूजा आकर्षणको लागि भावनात्मक स्रोत हो । चाहे पूजा जुनसुकै विधि विधान वा नियम नै किन नहोस् । केहि पाउन केहि गर्नु पर्दछ । सेवा पूजा गरेपछि पुजितबाट लाभको अपेक्षा पुरा हुन्छ । विना सेवा लाभको अपेक्षा सान्दर्भिक हुँदैन । पूजा उस्का प्रति मान हो सम्मान हो । माया हो प्रेम हो । जस्को पछीको अपेक्षा प्राप्ति छ । त्यो सुखमय छ । यदि हर पुरुषले हर नारीका पूजा स्वरुप प्रस्तुति नारी खुशी बनाउने इष्ट उपाय हो । यसरी पुजा प्राप्ति पछि नारी सृष्टिका लागि उद्यत हुन्छे ।

वैरभाव हटी प्रेम सद्भाव विकसित हुन्छ । ‘रमन्ते तत्र देवता’ जसरी देवताले रमाएर चाहे भने यस संसारका भौतक सुख प्राप्तिमा कुनै बिघ्न आइ पर्दैन । त्यस्तै स्त्री पुजनबाट पनि अपेक्षाकृत लाभ दुष्कर हुँदैन । जहाँ स्त्री र पुरुष बिच पुजाभाव विकसित भयो भने ध्यान तपस्या मैत्री स्नेह आदि विकसित भै देवताले दिने उपलब्धी बराबर उपलब्धतामा शंका छैन । प्रेमको उपलब्धी सृष्टि हुन्छ । नत्र विकर्षण भाव पैदा भै संसार ध्वस्त हुन्छ । यो सांरको अस्तित्व नै एकपसी प्रेम भावमा मात्र संभव छ । नारी पुजन योग्य हुनु पर्दछ । भागवतकी धुन्धुली जस्ती हुनु हुँदैन । नारी स्त्री, निस्वार्थ अविरल गंगा हो जस्ले कसैसँग केहि अपेक्षा राख्दैन केवल प्रेम । नारी सौन्दर्य प्रेम र सदभावको प्रतिमूर्ति हो । ऊ पुजन योग्य हुनु पर्दछ । भागवत भन्छ ‘अपुज्यहरुको पुजा हुनु र पुज्यहरु पछी पर्नु दुर्भिक्ष मरण भय दारिद्रयले प्राथमिकता पाउनु हो ।’


दर्शने स्पर्स ने बापी श्रावणे भाषणे पिवा
यत्र द्रव्यन्तरंगम स स्नेह इति काप्येत ।


कसैको पनि हृदय पगाल्ने प्रक्रिया प्रेम हो । जहाँ हेरेर शरिर स्पर्सबाट कुनै प्रकारको व्याख्या बाट सम्मान गरिन्छ । देवता हितकारी श्रोत हो श्रीमती नारी पनि हितकारी श्रोत हो । जस्को उपज प्रेम हो । प्रेमको साधनाले मात्र देवता र नारी लाभकारी हितकारी हुन्छन् । ‘पाती इती पत्नी’ भनेको छ । जस्ले रक्षा गर्न सक्दछ त्यो पत्नी । हरेक श्रीमती पत्नी हुन श्री प्रतिष्ठा हो । श्री कारण हो श्री सुन्दर छ यहि प्रेमाकर्षणले मतिको श्री, श्रीमती हुन्छ । यहि श्रीमती बुद्धिको श्री भैदिएन भने संरचनामा खलल पैदा हुन्छ । मति बुद्धिको श्री श्रीमती नारी, जहाँ असल बुद्धिको प्रादुर्भाव छ त्यहाँ श्री प्रधान रहन्छ यहि प्रधान श्री (नारी) अन्तमा श्रीमती बनेको हो ।

हाम्रा पौराणिक कथाहरुमा व्यवस्था भएको, आर्य माइ (आ) आर्य अनेकौ गुण विशेषताले सम्पन्न लोग्ने मान्छे हो । त्यही लोग्ने मान्छेको श्री ‘आइमाइ’ भएको हो । आइमाइ बन्नु यौटा कठिन यज्ञ हो । ‘प्रियम रोश्यती’प्रेमले रुवाउँछ शारीरिक पिडा बाहेक मनोधातबाट रुवाउन विना प्रेम सम्भव छैन । प्रेमले हृदय पगाल्छ रुवाउँछ । यसैले श्रीमती सुन्दर छे प्रेममयी छे । यसले रुवाइदिने क्षमता राख्दछे । ‘मनुर्भव जन या दैव्य जनम मनुष्य वन र दिव्य गुणवाला जनसमाज पैदा गर । विना प्रेम संभव छैन । अनि प्रेम पुजा बन्छ ।’


जीव जीव बन्नुमा चार विशेषता मानेको छ, आहार, निद्रा, भय र मैथुन । पाँचौ मैथुन जुन छ यस्को आपूर्ति विपरित लिंग विना संम्भव छैन । यो विपरित लिंग नारी हो जसलाई प्रेम पश्चात मैथुन प्राप्त हुन्छ, अन्यथा जीवको परिभाषा पूर्ण हुँदैन । ‘जीवन भोग्नेको हो देख्नेको हैन’ जो देखिन्छ त्यो भोगिदैन जुन भोगिन्छ त्यो देखिदैन । प्रेम नारी यो सप्तबाट मुक्त छैनन् । प्रेमपूर्ण भोगाइ वास्तविक भोगाइ हो । यस्तै प्रेमपूर्ण भोगाइ नारी र पुरुष बिच नभै दिदा पश्चिमका स्त्रीहरुको स्त्रैणता हराउँदै गएको कारणले पारिवारिक विकास असंभव हुँदै गयो । पुर्विय मान्यताको प्रथम आधार नारी हो जहाँ यिनको पुजा हुन्छ ।

श्रीमती देवी हुन जस्लाई गृहलक्ष्मी समेत भनिन्छ पुजन योग्य हुनुपर्दछ । ‘मातृ वासृल्य रित्तिदैन, तुच्छै देश भएपनि बचरा गुण छाडेर ठाढा कतै गए पनि’ ‘म पुत्र तिम्रो तिमी धर्तिमाता अटुटमाटे मुटुको छ नाता’ मुटुको नाताको कारण जसरी धर्तिले जे माग्यो सो उगाई सन्तुष्ट पार्छिन्, यौटी नारीले मुटुको नाताले बाँधिएकाहरुको हरेक आवश्यकतामा चनाखो रहन्छिन् । ‘सहु सहु म निर्भय भै सहु म सहेर नै उन्नत भै रहु म’ यौटी नारीको चाहा हुन्छ । जसरी धर्ति अनेक दुख कष्टसँग रहन्छिन कलिला हातहरु सधैं माटो सुमसुम्याउनको लागि लागि परिहन्छन् । आएर कल्यिै ऋतु सिद्धिदैन लाएर माया मुटु रित्तिदैन । असल नारीको माया कहिल्यै कसैका लागि अपूर्ण हुँदैन ।


एको देव केशवो वा शिवो बा
एको बासो पत्तने वा वने वा
एको मीत्र भु पतिर्वा यतिर्वा
एको मार्या सुन्दरी वा दरिवा ।


जीवन सक्षमता अनि पूर्णताका लागि यौटा देव शिव भए पनि केशव भए पनि, यौटा बास शहरमा भएपनि वनमा भएपनि यौटा मित्र राजा भएपनि योगी भएपनि, यौटी श्रीमती पनि त्यत्तिकै आवश्यक हो जो सुन्दरी भए पनि कुरुपै भए पनि अति अनिवार्य आवश्यकताका लागि पूर्विय दर्शनले महत्व दिएको छ । पुरुष जीवनको सैनिक हो नारी उस्की श्री हो । शुष्मा हो । सौन्दर्य हो । पुरुष सभ्यता हो नारी संस्कृति हो । पुरुष मष्तिष्क हो नारी हृदय हो । पुरुष ज्ञान हो स्त्री भक्ति हो । यसैले ‘पत्नी मनोरमा देहीम मनोवृत्तानुशारिणीम, तारिणी दुर्गा संसार सागरस्य कुलोदभवाम’ भनेर भगवतिको दर्शन सप्तसती चण्डीमा उल्लेख गरिएको छ ।
त्यस्ती नारी कस्ती हुनु पर्दछ ।


कार्यदाशी रतौ वेश्या
भोजने जननी समा
विपन्नौ बुद्धिदात्रीच
सा नारी सर्वदुर्लभ ।


यस्तै अनेकौ विशेषता बोकेका नारीहरु सदा पुजन योग्य छन् । मान योग्य छन्, सम्मान योग्य छन्, अनी रन्ते तत्र देवताका श्रोत छन् । पूर्विय दर्शनमा मनुष्यकालागि नारी धर्म अर्थ काम मोक्ष सिद्धिको कारण हो । जो कोही किन नहोस् पत्नी नभै कमोनुष्ठान संभव हुँदैन । पुरुषका लागि नारी त्याग उचित छैन । पूर्वदर्शन पतिले पत्नी छोड्न र पत्नीले पती छोड्न आज्ञादिदैन । किनकी ‘यत्र नारी सुपुन्यन्ते’ कोदर्शन अधुरै रहन्छ लोग्ने मानिसको प्रगतिमा आधा प्रतिसत देन नारीहरुको रहन्छ जिम्मेवारी रहन्छ ।

विना पुजाका नारीबाट के अपेक्षा राख्ने । छोराछोरीका पचहत्तर प्रतिसत गुण विशेषता आमाबाट सर्दछन् र त विवाहमा कुल घरानाको खोजी हुन्छ । भनिन्छ सन्तान आमाको रुप विशेषताबाट भाग्यमानी गनिन्छ बाबुको रुप रं सँग मिले कर्मवादी रे । यो पनि ‘यत्र नारी सुपुज्यन्ते’को पृष्ठ पोषक हो । लुल्सी दासकी श्रीमती इन्द्र, कालिदासी श्रीमती विद्धत्तमा, वाचस्पती भामती हरिश्रचन्द्र तारा, सुदामा सुभद्रा, सावित्री, सत्यवान आदि अनेक उदाहरण । के नारी सुपुज्य छैनन् । गंगो रुप लावण्यमा आफ्ना सात पुत्रहरुको नृसंस हत्या हुँदा पनि आँ नगर्ने महाभारतका पात्र सन्तनु नारी पुजक होइनन् ? सत्यवतीका रुपमा पागल बन्ने उनै सन्तनु भीष्मको जिवन समेत दाउँमा राख्ने परिस्थिति खडा गर्दछन् के यो नारी पुजन होइन र ?


अन्त्यमा जहाँ जे भनियता पनि नारी सौन्दर्यताको अर्को पक्ष भोग हो । यो भोगले सौन्दर्यताको उत्पादन गर्दछ । पुत्र पुत्री र अन्य यस्तै प्रकृति सजाउने बस्तुको उत्पादन हुन्छ जहाँ बुद्धि र विवेकको यत्रो ठूलो मानव तत्वको निर्माणको श्रोत नारी हो । सौन्दर्यता हो प्रकृति हो । अस्तु


(लेखक रेग्मी (अहंव्रम्हास्मी) पोखरा २ विन्ध्यवासिनीका बासिन्दा हुन ।)

तपाईको प्रतिक्रिया