नेपाल औषधि थोक व्यवसायी संघ गण्डकीमा हिमलाल

समाधान संवाददाता २०८१ माघ २७ गते १७:०३

पोखरा । नेपाल औषधि थोक व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन गरेको छ।

Advertisement

संघको अध्यक्षमा हिम लाल काफ्ले चयन भएका छन् भने उपाध्यक्षमा रमेश बोहरा र शुसिल कोइराला चयन भएका छन्। महासचिवको जिम्मेवारी उमेश चन्द्र देवकोटाले सम्हाल्ने भएका छन् भने कोषाध्यक्षमा प्रवोद महतो कोइरी चयन भएका छन्। सचिवको जिम्मेवारी भोलानाथ शर्मालाई दिइएको छ।

त्यसैगरी, संघको कार्यसमितिमा सदस्यहरूका रूपमा सुर्य चपाई, कृष्ण प्रसाद शर्मा, कृष्ण बहादुर खड्का, र मेष बहादुर घले चयन भएका छन्।

Advertisement

नव-निर्वाचित पदाधिकारीहरूले औषधि व्यवसायीहरूको हकहित संरक्षण तथा व्यवसाय प्रवर्द्धनका लागि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनमा संघका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

तपाईको प्रतिक्रिया