पोखरामा ध्वनि प्रदूषण रोक्न महानगरको चेतावनी
समाधान संवाददाता
२०८१ माघ २७ गते १८:४५

पोखरा । पोखरा महानगरपालिकाले ध्वनि प्रदूषण नियन्त्रणका लागि कडाइ गर्ने चेतावनी दिएको छ। पछिल्लो समय प्रचारप्रसार तथा माइकिङ लगायतका गतिविधिहरूबाट ध्वनि प्रदूषण बढेको गुनासो आएपछि महानगरले आइतबार विज्ञप्ति जारी गर्दै नगर क्षेत्रमा अत्यावश्यक बाहेकका उच्च आवाजका गतिविधि नगर्न आग्रह गरेको हो।
महानगरले नगरवासीहरूको जनजीवनमा प्रभाव पार्ने गरी चर्को आवाजमा ध्वनि प्रदूषण हुने कार्य रोक्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ। साथै, महानगरको अनुरोध अवज्ञा गरी अवाञ्छित क्रियाकलाप भए कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।
सम्बन्धित







जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया