माओवादीले तोक्यो ७ प्रदेश र ७७ जिल्लाका इन्चार्जको जिम्मेवारी, गण्डकीमा दीनानाथ दोहोरिए- सूचीसहित

पोखरा । नेकपा माओवादी केन्द्रले ७ प्रदेश र ७७ जिल्लाका इन्चार्जको जिम्मेवारी तोकेको छ । माघ २१ गते बसेको केन्द्रीय पदाधिकारी बैठकले गरेको निर्णय आइतबार सार्जजनिक गरी परिपत्र समेत गरिएको छ ।
जसमा पार्टीका केन्द्रीय विभाग, वर्गीय संगठन, केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला लगायतको कार्यविभाजन गरिएको छ ।
पार्टीका केन्द्रीय विभाग, केन्द्रीय जनवर्गीय संगठन तथा मोर्चाहरुको कार्य विभाजनमा समूहगत र क्षेत्रगत आधार तयार गरिएको छ । जसअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र महासचिवसम्मका पदाधिकारीहरुलाई राजनीतिक, वैचारिक कामका साथै नीति निर्माणसम्बन्धी विभाग र मोर्चाहरुका जिम्मेवारीमा केन्द्रित गरिएको छ । जनप्रतिनिधि रहेका केही पदाधिकारी कमरेडहरुलाई मूलतः नीति निर्माण सम्बन्धी विभागहरुमा केन्द्रित गरिएको छ । उपमहासचिव, सचिव, स्थायी समिति सदस्यहरु र केन्द्रीय सदस्यहरुलाई प्रदेशहरुको जिम्मेवारीमा केन्द्रित गरिएको छ ।
महासचिव देव गुरुङले पठाएको परिपत्र अनुसार संगठन विभागको प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ । आर्थिक उत्पादन संयन्त्रको इन्चार्जमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई जिम्मेवारी दिइएको छ ।
गण्डकी प्रदेश इन्चार्जमा दीनानाथ शर्मा र सहइन्चार्जमा हरिराज अधिकारीलाई तोकिएको छ ।
यसैगरी गोरखामा अमरबहादुर तमु, लमजुङमा पारसमणि पौडेल, तनहुँमा आशा कोइराला, स्याङ्जामा शैलेन्द्र घिमिरे
कास्कीमा नेत्रनाथ अधिकारीलाई इन्चार्ज तोकिएको छ । मनाङमा लक्ष्मी लामा, मुस्ताङमा कपिल लामा, म्याग्दीमा गोविन्द पौडेल, पर्वतमा सुदीप कुँवर, बाग्लुङमा चन्द्रबहादुर बुढा र नवलपरासी (पूर्व) मा धनप्रसाद सापकोटाले इन्चार्जको जिम्मेवारी पाएका छन् ।
प्रदेश इञ्चार्जको परामर्शमा जिल्ला इञ्चार्जहरु तोकिएको पार्टीले जनाएको छ । महानगरपालिका इञ्चार्ज र हाल जिल्लामा सहइञ्चार्ज रहेका कमरेडहरुको जिम्मेवारी यथावत राखिएको छ । यसमा आवश्यक परिमार्जन र सहइञ्चार्जहरु थप गर्नु परेमा समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्नेछ ।
संघीय निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रका इञ्चार्जहरुको कार्य विभाजन सम्बन्धित समन्वय कार्यालयले गर्ने छ ।
स्थानीय पालिकाहरुका इञ्चार्जहरुको कार्य विभाजन समन्वय कार्यालयले गर्ने छ । साथै जन वर्गीय संगठन, मोर्चा, विभाग लगायतका क्षेत्रमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरुको कार्य विभाजन पनि सोही समन्वय कार्यालयले गर्ने छ ।
विद्यार्थी संगठनको नेतृत्वमा उपाध्यक्ष तथा महासचिवसम्म रही विदा भएकाहरुलाई पार्टीको केन्द्रीय प्रतिनिधि मनोनयन गरी सम्बन्धित प्रदेश र विभागहरुमा खटाइएको छ । विद्यार्थी संगठनबाट बिदाइ भएका अन्य पदाधिकारीहरुलाई सम्बन्धित प्रदेश समिति वा प्रदेशका विभिन्न तहहरुमा समावेशी गरी समन्वय कार्यालयले कार्य विभाजन गर्ने छ ।
हेर्नुहोस् परिपत्र







२ महिनापछि गण्डकी प्रदेशसभा बैठक आज बस्दै
राजनीतिक पाठशालाको सन्देश
‘निजी क्षेत्र हतोत्साहित हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव’
जलनको पीडा रोकथामप्रतिको उदासिनता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया