बिटी कपमा आजबाट क्वाटरफाइनल

पोखरा ।
पोखरा महानगरपालिका १ पुरानो टुँडिखेलमा जारी आठौं वीरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलका खेल हुँदै छन् । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आइतबार प्रिक्वाटर फाइनलका खेल सकिएको क्लब अध्यक्ष असीम थापाले जानकारी दिए ।
सोेमबार चारी सुशान एफसी र केआइइसी बुनबीच पहिलो क्वाटरफाइनल खेल बिहान ७ बजे र दोस्रो खेल बिहान ८ बजे एलसी ब्रदर्श र गन्नी एफसीबिच हुनेछ । तेस्रो क्वाटर फाइनल खेलमा बिग सिटी लेकसाइड र स्याङ्जा एफसीले प्रतिस्पर्धा गर्ने छ ।
अन्तिम क्वाटर फाइनल खेल कमलपोखरी एफसी र रामघाट ह्वाइटबीच बिहान १० बजे प्रतिस्पर्धा हुने विनोद गुरुङले बताए । प्रतियोगितामा ४८ टिमको सहभागिता छ । प्रतियोगिताका विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही ७ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया