बिटी कपमा आजबाट क्वाटरफाइनल

समाधान संवाददाता २०८१ माघ २८ गते ११:३४

पोखरा ।
पोखरा महानगरपालिका १ पुरानो टुँडिखेलमा जारी आठौं वीरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलका खेल हुँदै छन् । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आइतबार प्रिक्वाटर फाइनलका खेल सकिएको क्लब अध्यक्ष असीम थापाले जानकारी दिए ।

Advertisement


सोेमबार चारी सुशान एफसी र केआइइसी बुनबीच पहिलो क्वाटरफाइनल खेल बिहान ७ बजे र दोस्रो खेल बिहान ८ बजे एलसी ब्रदर्श र गन्नी एफसीबिच हुनेछ । तेस्रो क्वाटर फाइनल खेलमा बिग सिटी लेकसाइड र स्याङ्जा एफसीले प्रतिस्पर्धा गर्ने छ ।


अन्तिम क्वाटर फाइनल खेल कमलपोखरी एफसी र रामघाट ह्वाइटबीच बिहान १० बजे प्रतिस्पर्धा हुने विनोद गुरुङले बताए । प्रतियोगितामा ४८ टिमको सहभागिता छ । प्रतियोगिताका विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।


विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही ७ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया