उपकार मार्गमा शिविर

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाको आयोजना तथा आविष्कार अस्पताल, बुद्धचोक तथा पोखरा महानगरपालिका वार्ड नं १२ को प्राविधिक सहयोगमा निशुल्क नाक, कान, घाँटी तथा दुखाई रोगसम्बन्धी शिविर भएको छ ।
शिविरमा १ सयभन्दा बढी बिरामीको नाक, कान तथा घाँटी र दुखाइका समस्याको उपचार र औषधी सित्तैमा वितरण गरिएको थियो ।
रेडक्रस सोसाइटी पोखरा १२ सभापति इन्दिरा पन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखराका १२ का वडाध्यक्ष सन्तोष बस्तोला, रेडक्रस इकाइका पूर्व सभापति कुश्मराज आचार्य, सचिव गोविन्दप्रसाद घिमिरे लगायतले बोलेका थिए ।
कार्यक्रममा वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. सञ्जय कोइरालाले लामो समय कान पाकिरहने रोगले सुनाई क्षमता बिगार्नुका साथै संक्रमण फैलिने औंल्याए । उनले भने, ‘यस्तो हुँदा संक्रमण दिमागसम्म फैलिएर ज्यान नै खतरामा पर्न सक्ने हुँदा बेलैमा उपचार गर्नु जरुरी छ ।’
कार्यक्रममा वरिष्ठ दुखाइ रोग विशेषज्ञ डा कृष्ण बोगटीले शरीरमा हुने दीर्घकालीन दुखाईका विषयमा सचेतना दिएका थिए ।







स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
हिमपातपछि याकचौँरी बेँसीमा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया