सामुदायिकमा पदस्थापन

समाधान संवाददाता २०८१ माघ २८ गते ११:५२

पोखरा ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यको आइतबार पदस्थापन गरिएको छ । निर्वाचन समितिका संयोजक टंकप्रसाद पौडेलले पदाधिकारी तथा सदस्यलाई पदस्थापन गराए ।

Advertisement


गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले समुदाय स्तरमा भएको मेल मलापले समुन्नत समाज निर्माणमा सहयोग पुग्ने बताए । ‘टोल समाजमा उत्पन्न विवाद झैझगडालाई समुदाय स्तरमा मेलमिलापको वातावरण बनाउदा समुन्नत समाज निर्माणम सहयोग पुग्छ,’ मन्त्री थापाले भने, ‘राज्यका निकायसम्म मुद्दा मामिला पुग्दा खर्चिलो हुनुका साथै स्थानीय विवाद झनै बढेर जान्छ ।’


उनले स्थानीय समुदाय र नेपाल प्रहरी बीचको सहकार्यले विकृति विसंगति न्यूनीकरणमा सहयोग पुगेको जनाए । उनले सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकको सहकार्य अपरिहार्य भएको उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले विकृति, विसंगतिरहित समाज निर्माणमा सामुदायिक प्रहरी सेवाको भूमिका रहेको उल्लेख गरे । कार्य सम्पादन मुल्यांकनमा सुधार गर्न सुझाव दिँदै उनले सबै सामुदायिक सेवा केन्द्रहरुले एक आपसमा स्वस्थ प्रतिस्पर्धामा काम गर्न आग्रह गरे ।


पोखरा १४का अध्यक्ष बोधराज कार्कीले सामाजिक संघ, संस्थामा काम गरेको अनुभवले जनप्रतिनिधिको रुपमा काम गर्न सचिलो भएको बताए । सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की अध्यक्ष भीम पराजुलीले पर्यटकीय राजधानी पोखरामा पर्यटन लक्षित कार्यक्रम गर्ने योजना सुनाए ।

Advertisement


‘विकृति, विसंगतिरहित समाजको निर्माण, शान्ति सुरक्षा सामुदायिक सेवा केन्द्रको अभियान’ भन्ने नाराका साथ भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका पूर्व अध्यक्षहरु सीता गुरुङ र सोमनाथ बास्तोलाले समुदाय स्तरमा विकृति, विसंगति न्यूनीकरण गर्न सामुदायिक सेवा केन्द्रले खेलेको भूमिकाबारे बोलेका थिए ।

तपाईको प्रतिक्रिया