पोखरामा श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ हुने

समाधान संवाददाता २०८१ माघ २८ गते १६:५३

पोखरा ।
पोखरा १८ मा रहेको ओम् शान्ती भवनमा श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ प्रवचन कार्यक्रम हुने भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराको आयोजनामा फागुण १ गते ५ गतेसम्म कार्यक्रम हुनेछ । प्रवचन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ ।

Advertisement


भागवत् वाचक राजयोगिनी ब्रह्माकुमारी अमृत दिदीले प्रवचन दिनेछिन् । उनी विगत ३० वर्षदेखि ईश्वरीय विश्वविद्यालयमा आवद्ध छिन् भने । उनले भारतको अन्नमलाई विश्वविद्यालयबाट मूल्य शिक्षा एवं आध्यात्मिकता विषयमा स्नातकोत्तर डिग्री हासिल गरेकी छन् ।


कार्यक्रममा श्रीमद् भगवद् गीतामा उल्लेखित ज्ञानको वैज्ञानिक र व्यावहारिक पक्षको बारेमा जानकारी दिइनेछ । गीताको ज्ञानलाई सर्वसाधारण माझ पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया