एकीकृत समाजवादी गण्डकी प्रदेश अध्यक्षमा कृष्णबहादुर नेपाली
समाधान संवाददाता
२०८१ माघ २८ गते १७:२६

पोखरा ।
नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश अध्यक्षमा कृष्णबहादुर नेपाली निर्विरोध भएका छन् । माघ २७ गतेदेखि पोखरामा भएको अधिवेशनबाट नेपालीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन्।
आइतबारबाट नेताहरुले सर्वसम्मत गराउन प्रयास गरेका थिए । तर, सचिव र केही सदस्य बाहेक सर्वसम्मत हुन सकेको थिएन । सोमबार दिउँसो मात्र नेताहरुले नेपालीकाे नेतृत्वमा अध्यक्ष टुंग्याएका हुन् । उपाध्यक्षमा विष्णु गिरी र मुक्तिनाथ पोखरेल तथा सचिवमा ठाकुरप्रसाद शर्मा पनि निर्विरोध भए । उपमहासचिवमा टिकाराम पौडेल, विवेक भुजेल र सुष्मा काफ्ले निर्वाचित भएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया