आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनल प्रवेश
समाधान संवाददाता
२०८१ माघ २८ गते १७:५४

पोखरा ।
त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै चर्च ब्वाइज यूनाइटेड क्लब पोखरामा जारी २४ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा चर्च ब्वाइजले आर्मीलाई १–० ले गोल अन्तरले पराजित गरेको हो । खेलको दोस्रो हाफमा चर्च ब्वाइजका राज भुषालले गरेको गोल नै निर्णायक बनेको थियो । उनले ९० औं मिनेटमा नविन लामाले प्रहार गरेको कर्नर किकको सदुपयोग गर्दै गोल गरेका थिए ।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल अन्तर्गत मंगलबार भारतको थन्डरबोल्ट नर्थ यूनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्नेछन् ।
फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन ।
सम्बन्धित
तपाईको प्रतिक्रिया