सर्वेश्वर व्यवसायीकाे भाग्यशाली उपहार अन्तर्तगत लामाचौरकी रिनाले जितिन् स्कुटर

पोखरा । सर्वेश्वर व्यवसायी समिति चिप्लेढुंगा पोखराले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार विजेतालाई सोमबार उपहार हस्तान्तरण गरिएको छ । पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीको संस्थाले दसैं, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा तीन महिना सञ्चालन गरेको उपहार योजना शनिबार खोलिएको हो ।
६० हजार भन्दा बढीले उपहार कुपन लिएको अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए । सो लक्की ड्रबाट बिजेता बनेकी पोखरा १६ लामाचौरकी रिना बस्नेतलाई सोमबार स्कुटर हस्तान्तरण गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, समिति अध्यक्ष राजन, सल्लाहकार धर्ममानसिंह भण्डारी, सल्लाहकारहरु प्रेम सुवेदी, नरहरि अधिकारीले उपहार हस्तान्तरण गरेका थिए ।
द्वितीय उपहार विजेता बनेकी तनहुँ म्याग्दे गाउँपालिकाकी मेनुका पौडेललाई ल्यापटप र तृतीय उपहार विजेता पोखराका समीर कोइरालालाई मोवाइल हस्तान्तरण गरियो । चौथो पुरस्कारमा पोखरा–४ गैह्रापाटनका सौगात पाण्डेले साइकल जितेका थिए । सो लक्की ड्रमा सान्त्वना उपहार पोखरा सेदीकी सृजना कँडेल, स्याङ्जा पुतलीबजार ११ की पूजा पौडेल र गीता पुनलाई ५÷५ हजार हस्तान्तरण गरियो ।
कार्यक्रममा पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यापार प्रवद्र्धनका लागि सर्वेश्वर व्यवसायी समितिले गरेको काम सराहनीय भएको बताए । उनले व्यापार प्रवद्र्धनका लागि वडा कार्यालयले पनि सघाउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा समितिसँग सहकार्य गरेर जान आफू तयार रहेको उल्लेख गरे ।
सर्वेश्वर व्यवसायी समिति अध्यक्ष तुलबहादुर थापा (राजन)ले व्यापार प्रवद्र्धनका लागि निःशुल्क उपहार योजना सञ्चालन गरिएको बताए । उनले आगामी दिनमापनि व्यापार प्रवद्र्धनका अन्य कार्यक्रमm पनि निरन्तर गर्ने बताए । सल्लाहकार प्रेमप्रसाद सुवेदीले निःशुल्क भाग्यशाली उपहार योजनाले व्यापार प्रवद्र्धनमा सघाएको बताए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया