सर्वेश्वर व्यवसायीकाे भाग्यशाली उपहार अन्तर्तगत लामाचौरकी रिनाले जितिन् स्कुटर

पोखरा । सर्वेश्वर व्यवसायी समिति चिप्लेढुंगा पोखराले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार विजेतालाई सोमबार उपहार हस्तान्तरण गरिएको छ । पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीको संस्थाले दसैं, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा तीन महिना सञ्चालन गरेको उपहार योजना शनिबार खोलिएको हो ।
६० हजार भन्दा बढीले उपहार कुपन लिएको अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए । सो लक्की ड्रबाट बिजेता बनेकी पोखरा १६ लामाचौरकी रिना बस्नेतलाई सोमबार स्कुटर हस्तान्तरण गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, समिति अध्यक्ष राजन, सल्लाहकार धर्ममानसिंह भण्डारी, सल्लाहकारहरु प्रेम सुवेदी, नरहरि अधिकारीले उपहार हस्तान्तरण गरेका थिए ।
द्वितीय उपहार विजेता बनेकी तनहुँ म्याग्दे गाउँपालिकाकी मेनुका पौडेललाई ल्यापटप र तृतीय उपहार विजेता पोखराका समीर कोइरालालाई मोवाइल हस्तान्तरण गरियो । चौथो पुरस्कारमा पोखरा–४ गैह्रापाटनका सौगात पाण्डेले साइकल जितेका थिए । सो लक्की ड्रमा सान्त्वना उपहार पोखरा सेदीकी सृजना कँडेल, स्याङ्जा पुतलीबजार ११ की पूजा पौडेल र गीता पुनलाई ५÷५ हजार हस्तान्तरण गरियो ।
कार्यक्रममा पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यापार प्रवद्र्धनका लागि सर्वेश्वर व्यवसायी समितिले गरेको काम सराहनीय भएको बताए । उनले व्यापार प्रवद्र्धनका लागि वडा कार्यालयले पनि सघाउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा समितिसँग सहकार्य गरेर जान आफू तयार रहेको उल्लेख गरे ।
सर्वेश्वर व्यवसायी समिति अध्यक्ष तुलबहादुर थापा (राजन)ले व्यापार प्रवद्र्धनका लागि निःशुल्क उपहार योजना सञ्चालन गरिएको बताए । उनले आगामी दिनमापनि व्यापार प्रवद्र्धनका अन्य कार्यक्रमm पनि निरन्तर गर्ने बताए । सल्लाहकार प्रेमप्रसाद सुवेदीले निःशुल्क भाग्यशाली उपहार योजनाले व्यापार प्रवद्र्धनमा सघाएको बताए ।









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया