पिताम्बर विष्णुराज्य प्रतिष्ठानबाट प्राडा जगमान सम्मानित

पोखरा । पिताम्बर विष्णुराज्य प्रतिष्ठानले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति संस्कृतिविद् प्राडा जगमान गुरुङलाई सम्मान गरेको छ । प्रतिष्ठानले ५० हजार ५ सय रुपैयाँ ताम्रपत्र र दोसल्ला ओढाइ सम्मान गरेको हो ।
संस्थाले यसअघि साहित्यिक व्यक्तित्व डा महेश्वर शर्मा पौडेल र नारायणप्रसाद अधिकारीलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले अहिलेको समयमा नैतिकताको खडेरी भएको बताए । उनले मेहेनत गरेर गरिमामय पदसम्म पुग्ने जगमानबाट सबैले सिक्नुपर्नेमा जोड दिए ।
अग्रज पत्रकार नारायण कार्कीले जगमान प्रखर राष्ट्रवादी व्यक्तित्व भएको बताए । संस्थाका अध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले आग्रह/पूर्वाग्रह रहित पुरस्कार यो प्रतिष्ठानले दिँदै आएको बताए ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षक पृथ्वीराज शर्मा तिमिल्सिना, वैदिक दर्शन अध्येता डा नारायण अधिकारी, पूर्व अञ्चलाधीश लालकाजी गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ॅबिखर्ची’, डा जर्ज जोन, संस्थाका सचिव नवराज पौडेल लगायतले बोलेका थिए ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया