नेसपाकाे अध्यक्षमा भट्टराई र चापागाईं प्रतिस्पर्धामा

पाेखरा ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नेतृत्व चयनका लागि मंगलबार मतदान हुँदैछ । काठमाडौंमा आइतबारदेखि जारी महाधिवेशनमा आज दिउँसो ३ बजेदेखि मतदान सुरु हुनेछ।
पार्टीको अध्यक्षमा डा बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईं प्रतिस्पर्धामा छन्।
उपाध्यक्षतर्फ खस आर्य समूहबाट जनकराज शाह र ईश्वर रिजालले उम्मेदवारी दिएका छन्। महिला उपाध्यक्षमा मानुषी यमि भट्टराईले मात्र उम्मेदवार दिएकी छन्।
आदिवासी जनजाति उपाध्यक्षका लागि रामबहादुर घले, टेकबहादुर बाठामगर, अनुप सिं सुवाल, र दलबहादुर लिम्बू प्रतिस्पर्धामा छन्। दलित उपाध्यक्षमा दुर्गा सोब एकल उम्मेदवार बनेका छन्।
मधेशी–थारु उपाध्यक्षका लागि उमेश शाह र चिनक कुर्मी चुनावी प्रतिस्पर्धामा छन्। महासचिव पदका लागि घमान सिंह गुरुङ, सोनाम सिं स्याङ्तान, र राजु नेपालबीच प्रतिस्पर्धा हुनेछ।
नेसपाको केन्द्रीय संरचना ९९ सदस्यीय रहनेछ, जसमा ११ पदाधिकारी र ९० जना प्रत्यक्ष निर्वाचित हुनेछन्। बाँकी ९ जना भने मनोनीत गरिने व्यवस्था छ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया