पोखराका पत्रकार दुर्गा रानालाई आईसीएफजेको पुरस्कार
समाधान संवाददाता
२०८१ माघ २९ गते १५:४१

पोखरा ।
पोखराका पत्रकार दुर्गा रानामगरलाई दी इन्टरन्याशनल सेन्टर फर जर्नालिस्ट्स (आईसीएफजे)को पुरस्कार प्रदान गरिने भएको छ ।
आईसीएफजे ‘सडक सुरक्षा रिपोर्टिङ प्रतिस्पर्धा र अवार्ड, २०२४’ मा राना नेपालबाट उपविजेता भएकी छन् । उनले हिमालखबरमा प्रकाशित फिर्के पुल बन्यो ‘डेन्जर जोन’ शीर्षकको रिपोर्टबाट पुरस्कार प्राप्त गर्न लागेकी हुन् । राना हिमालखबरमा आवद्ध छिन् ।
प्रतिस्पर्धामा हिमालखबरकै धनु विश्वकर्मा विजेता भएकी छन् । स्वतन्त्र पत्रकार राजु झल्लु प्रसाद उपविजेता भएका छन् ।
विश्व स्वास्थ्य संगठन र बेलायती संस्था एफआईए फाउन्डेशनको सहकार्यमा आयोजीत प्रतिस्पर्धामा विजेताले एक हजार अमेरिकी डलर र उपविजेताले ५०० डलर पाउनेछन् ।
सम्बन्धित
१








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया