आहारारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स सेमीफाइनल प्रवेश

पोखरा ।
उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भारत सिक्किमको थन्डर बोल्ट नर्थ युनाइटेडलाई पराजित गर्दै पोखरामा जारी २४ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रागंशाला भएको प्रतियोगिता अन्तर्गत मंगलवार भएको अन्तिम क्वाटरफाइनलमा थन्डरलाई ३–० ले हराउँदै ब्ल्याक बुल्सले सेमिफाइनल थ्रीस्टारसँगको भेट पक्का गरेको हो । योसँगै आहा राराको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लब सेमिफाइनल पुगिसकेका छन् ।
ब्ल्याक बुल्सको जितमा ३६ औं मिनेटमा इस्लोमजोन अब्दुकोडिरोभ, ७३ औं मिनेटमा साइडजामोल र ७५ औं मिनेटमा साभ्कातजोन सत्तोरोभले गोल गरे । खेलमा एलिजोन एलिजोनोभ म्यान अफ दी म्याच चुनिए ।
प्रतियोगिताको पहिलो सेमिफाइनल बुधवार पुलिस र चर्च ब्वाइजबिच हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार ब्ल्याक बुल्स र थ्रीस्टार भिड्नेछ ।
फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ प्राप्त गर्नेछ ।






पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
गोरखामा माछा मार्न गएका युवक मृत फेला
पोखरा आदर्शका विद्यार्थीलाई साइबर सुरक्षा र अपराध सचेतनाबारे प्रशिक्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया