आहा रारा गाेल्डकपको ऐतिहासिक २५० औं खेल

हिमेश, पोखरा ।
खेलाडी जत्तिकै ‘लिजेन्डरी’ किन नहोस्, उनको एउटा सुरुआत हुने नै गर्छ । र, त्यो सामान्य नै हुने गर्छ । फुटबलको प्रतियोगिता पनि त्यस्तै त हो । आहा रारा गोल्डकप वर्ष ०५८ मा क्याराभान गोल्डकपका रूपमा सुरु हुँदा पछि गएर मोफसलमा हुने फुटबलका प्रतियोगिताध्ये यसले ‘लिजेन्डरी’ स्वरूप लिनेछ भनेर कसैले मात्र सोचेका थिए होला र ? जतिजति बेला हामी ती पुराना संस्करणस“ग आवद्ध हुने मौका पाएकास“ग कुरा गर्छौं, अनेक किस्सा कहानी सुन्न पाउ“छौं ।
कसरी द्वन्द्वका बेला खेल भए, कसरी घनघोर वर्षाबीच दर्शकले छाता ओढेर खेल हेरे, कसरी खेलकै बीचमा घोडा चढेर कोही मैदानमै आए, अनि कसरी कोही मोटरसाइकलमै खेलकै बेला मैदानसम्म पुगे, अनगिन्ती रमाइला कथा छन् । अनि होलीकै बीच फाइनल भयो, कसरी खेल हेर्न आएका दर्शक धेरै हु“दा आत्तिने बेला थियो, ती पनि कम्तीका कथा होइनन् । र, भूकम्प तथा कोरोना महामारीको समय यो प्रतियोगिताले कसरी समय काट्यो, ती भने बहादुरीका कथा हुन्, दुस्साहको कथा भन्दा पनि हुन्छ ।
पुलिस र चर्च ब्वाइजबीच हुने यसपल्टको प्रतियोगिताको पहिलो सेमिफाइनलले बुधबार (माघ ३० गते) एउटा अर्को कोसेढुंगा उपलब्धि चुम्दा त्यो तिनै कथाहरूको शृंखलामा जोडिनेछ । नाममै के छ र ? केहीले दार्शनिक पाराले यस्तै भन्ने गर्छन् । तर होइन, नामले धेरै अर्थ राख्छ । अनि खेलको गन्तीले पनि के नै अर्थ राख्न सक्छ र ? यस्तै भन्नेहरू पनि होलान् । तर यो पनि होइन, खेलको गन्तीको पनि ठूलै अर्थ हुन्छ । बुधबार जति बेला पोखरा रंगशालामा यो पहिलो सेमिफाइनल हुनेछ, यो प्रतियोगिताकै २ सय ५० औं खेल हुनेछ ।
सा“च्चै यसको अर्थ के त ? फुटबलमात्र होइन, सबै खेलमा यसरी खास संख्याको खेललाई राम्रै अवसरको रूपमा मनाउने चलन छ । त्यस अर्थमा पनि यो खेलको अर्थ रहने नै भयो । तर नेपाली फुटबलको दृष्टिकोणले यसको अर्थ अझ विशेष छ । सबैलाई थाहा छ, नेपाली फुटबलमा मोफसलका प्रतियोगिताको धेरै ठूलो महŒव छ । जति जति बेला मूल धारको नेपाली फुटबलले बाटो बिराउने गर्छ, त्यति बेला तिनै मोफसलका प्रतियोगिताले त यसलाई जीवन्त राखेको ।
तर यति भन्दा भन्दै पनि यी मोफसलका सबै फुटबल प्रतियोगिता कहाँ ठीक तरिकाले संचालन हुने गर्छन् र ? सबैभन्दा ठूलो समस्या त के भने यी प्रतियोगिता नियमित सञ्चालन हुँदैनन् । अनि जति बेला प्रतियोगिताको नियमित सञ्चालन हु“दैन, त्यसले आप्mनो साख गुमाउ“छ । धन्न, आहा रारा यसमा अपवाद छ । वर्ष ०५८ देखि सुरु भएको यो प्रतियोगिता कुनै पनि वर्ष आयोजनाको क्रम टुटेको छैन । त्यसैले यो विशेष छ, यसको धेरै महत्व छ ।
मोफसलमा हुने प्रतियोगिताको स्वरूपलाई विश्लेषण गर्दा भन्नै पर्छ, यस्ता प्रतियोगिता पहिलो पटक आयोजना गर्नु त सजिलै हुन्छ । तर यसलाई नियमिता दिनु गाह्रो हुन्छ । गर्दै जा“दा त समस्या आउने हो, नगर्दा के को समस्या, केही पनि टाउको दुखाइ हुन्न । आहा राराले भने अहिलेसम्मको यात्रामा निरन्तरता मात्र दिएको छैन्, उत्तिकै आरोह अवरोह पनि देख्नु परेको छ । यसबीच ‘ओहो’ भनेर खुसी मनाउने क्षण पनि आएको छ र यो यही २ सय ५० औं खेल हुनेछ ।
यहा“निर सबैभन्दा महŒवपूर्ण आ“कडा के भने मोफसलमा हुने फुटबलका प्रतियोगितामध्ये कसैले २ सय ५० औं खेल छोएको छ भने यो यही आहा रारा मात्र हो, अरू छैन । त्यसै पनि नेपालमा फुटबलको इतिहास कमजोर छ । त्यसैले कसैले पनि यस्तै हो भनेर दाबी गर्न सक्दैन् । तर नियमित प्रत्येक वर्ष आयोजना भएर कोही एक गोल्डकपले २ सय ५० खेलको आ“कडालाई छुन लागेको छ भने त्यो यही प्रतियोगिता मात्र हो । यति ठोकुवा गरेर भन्न सकिन्छ ।
मोफसलमा हुने फुटबलका प्रतियोगितामध्ये कसैले २ सय ५० औं खेल छोएको छ भने त्यो यही आहारारा पोखरा गोल्डकपमात्र हो, अरु छैन
त्यसैले पुलिस र चर्च ब्वाइजबीचको खेल विशेष बनेको छ । प्रतियोगिताको इतिहासमै सबैभन्दा पहिलो खेल भएको थियो, सहारा ह्वाइट र नक्सालबीच । त्यसपछि प्रतियोगिताको ५० औं खेल रह्यो, मनाङ मस्र्याङ र पुलिसबीच । अनि सयौं खेलमा भिडे, सहारा र धरान । जति बेला खेलको संख्याले १ सय ५० छोएको थियो, त्यति बेला मैदानमा उत्रने टिम थिए, थ्री स्टार र झापा । मनाङ र झापा दुई सयौं खेलमा पनि भिडे । अब पालो २ सय ५० औं खेलको ।
(हिमेश कान्तिपुर दैनिकका पत्रकार हुन् । उनले यो लेख सहारा क्लबका लागि तयार पारेका हुन् ।)









कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया