सराङकोटमा शिवरात्रिबाट महायज्ञ हुने

समाधान संवाददाता २०८१ माघ ३० गते १२:०९

पोखरा ।
धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटलाई धामका रुपमा विकास गरी विशेष धार्मिक र पर्यटन गतिविधिको केन्द्र बनाइने भएको छ । यसका लािग फागुन १४ गते (महाशिवरात्रिदेखि फागुन २१ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव हुन लागेको छ ।

Advertisement


महोत्सव मुल आयोजक समिति अध्यक्ष प्रेमबहादुर जिसीलेसराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि वृहत गुरुयोजनामार्फत विशाल शिवमन्दिर, भ्युटावर, १०८ शिवलिंग, १०८ धारा, भूमे कालिका, गणेश मन्दिर, बहुउद्देश्यीय भवन कार्य गरिएको बताए । ती संरचना महायज्ञ उद्घाटनकै दिने उद्घाछन गर्ने तयारी छ ।


यो महोत्सवलाई पोखरा भ्रमण वर्षका रुपमा पोखराको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वलाई उजागर गर्दै सराङकोटलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने ठूलो अवसरका रूपमा रहेको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताए । धार्मिक आस्थाका साथसाथै पर्यटकलाई सराङकोटको प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वको अवलोकन गराउने उद्देश्य महोत्सवले बोकेको उनले जनाए ।


यो महायज्ञले धार्मिक अनुयायीको ध्यान तान्नेमात्र होइन, महादेवप्रति भक्तिभाव व्यक्त गर्ने एउटा अनुपम अवसर पनि प्रदान गर्ने आयोजकको अपेक्षा छ । यस अवसरमा भागवत ज्ञानको गहिरो अर्थ र शिक्षालाई समाजमा प्रवाह गर्दै धार्मिक एकता र शान्तिको सन्देश फैलाउने अपेक्षा गरिएको महायज्ञका प्रमुख वाचक पण्डित कमलनयन गौतमले बताए ।


यो महायज्ञले धार्मिक र पर्यटनको सम्मिश्रण गर्दै सराङकोटलाई अझ बढी लोकप्रिय बनाउने अपेक्षा गरिएको पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष शिव प्रसाद तिमिल्सिनाले बताए । यो महायज्ञले स्थानीय उत्पादन र व्यवसाय प्रवद्र्धन गर्न सहयोग पु¥याउनेछ ।

Advertisement

तीर्थालु र पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभावका लागि स्थापित अन्नपूर्ण केबुलकारमार्फत निर्माण अन्तिम तयारीमा रहेको नेपालकै पहिलो पञ्पमुखी गणेश मुर्तीले पोखरामा धार्मिक पर्यटकको आगमन बढ्ने अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौडेलले बताए ।


धार्मिक पर्यटन महोत्सवका लागि १ हजार १ सय ११ सदस्यीय मुल आयोजक समिति र ११ वटा विभिन्न समितिमार्फत तयारी भएको प्रचारप्रसार संयोजक कृष्ण थापाले बताए । महोत्सवका लागि सराङकोट क्षेत्रका महिला सक्रिय रहने वडा सदस्य एवं महिला समन्वय संयोजक कल्पना ढकालले बताइन् । सराङकोट धाममा निर्माण गरिएका सम्पूर्ण संरक्षण बाल उद्यान, योग ध्यान केन्द्रसहित दृष्य अवलोकनका लागि आकासे सिसाको पुलसहितको थप योजना सम्पन्नका गर्न लागि महोत्सव फलदायी हुने सचिव दिलबहादुर जिसीले अपेक्षा गरे ।

तपाईको प्रतिक्रिया