रेडक्रस कास्कीलाई सहयोग

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले नेपाल रेडक्रस सोसाइटी कास्कीलाई फर्निचर सहयोग गरेको छ । वडा कार्यालयले १ लाख बराबरको फर्निचरका प्रदान गरेको रेडक्रस कास्की सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए ।
पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले विपद् व्यवस्थापन र मानवीय सेवाका कार्यरत रेडक्रसलाई वडा कार्यालयले फर्निचरका सामाग्री प्रदान गरेको बताए । मनसुनजन्य प्राकृतिक प्रकोप, विपद् व्यवस्थापन, रक्तदान तथा मानवीय सेवाको क्षेत्रमा रेडक्रससँग सहकार्य गर्ने जानकारी दिँदै उनले आगामी दिनमा समेत रेडक्रसलाई सहयोग गर्ने उल्लेख गरे ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा पौडेलले स्वयंसेवी भावनाका साथ काम गर्ने रेडक्रसले सरकारी निकाय, सामाजिक संघ, संस्थाको सहयोगमा मानवीय सेवा र विपद् व्यवस्थापनको क्षेत्रमा काम गरेको बताए । आपद् विपद्मा मानवीय सेवा, रक्त संकलन, भण्डार र वितरण, खानेपानीको सेवा रेडक्रसको कार्यक्षेत्र जानकारी दिँदै उनले सबै काम मानव जीवनको सुरक्षा र मानवीय भए पनि पछिल्लो समयमा रेडक्रसको दायरा र भूमिका बढेको बताए ।
कार्यक्रममा पोखरा ५ का पूर्व वडाध्यक्ष धनबहादुर नेपाली, वडा सदस्यहरु कल्पना भुवांजी क्षेत्री, हरिमाया विश्वकर्मा, मणिराम बराल, रेडक्रस कास्कीका उपसभापति उर्मिला खड्का भण्डारी, रेडक्रसका कास्की शाखाका कार्यवहाक मन्त्री रमा कोइराला न्यौपाने, सुरेन्द्र गुरुङ, नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखाका सभापति केशवराज बराल लगायतले प्राकृतिक प्रकोप, दुर्घटना र विपतबाट प्रभावितको राहत तथा उद्दार, मानवीय सेवामा रेडक्रस कास्कीले खेलेको भूमिकाबारे बोलेका थिए ।








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया