
जोमसोम ।
तीन गाउँले थकालीहरुको महान पर्व त्युङ्लाको अवसरमा मुस्ताङको घरपझोङ गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिने घोषणा गरेको छ । गाउँ पालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले स्वास्थ्य तथा अन्य अतिआवश्यकीय सेवा प्रवाहमा बाधा नपुग्ने गरि त्युङ्ला पर्वको अवसरमा बुधवार सार्वजनिक स्थानीय बिदा दिने निर्णय गरेको जनाएको छ ।
गाउँपालिकाले सूचना प्रकाशित गरेर गाउँपालिकाका कार्यलय र सम्बन्धित वडा कार्यालयको सेवा तथा कामकाज बन्द रहने जनाएको छ । गाउँपालिका अध्यक्ष मोहनसिह लालचनले स्थानिय धर्म ,सास्कृती,रहनसहन र मौलिकताको सम्मान गर्दै यसप्रकारका पर्वहरुको संरक्षण ,सम्वद्दन र प्रर्वधन गर्न गाउपालिकाले स्थानीय बिदा निर्णय गरेको अध्यक्ष लालचनको भनाइ छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत चिमाङ, स्याङ र ठिनी गाउँ तीन गाउले थकाली समुदायको उदगम स्थल हो ।यहाका तीन गाउँले थकाली समुदायले सदियौ वर्षदेखि त्युङ्ला पर्व मनाउदै आईरहेका छन् । सदा वर्ष झै यसवर्ष पनि बुधवार देखि त्युङ्ला पर्व शुभारम्भ भएको छ । तिबतियन पात्रो अनुसार दोस्रो महिनाको छेवचौध तिथि देखि तेस्रो महिनाको छेव एकसम्म त्युङ्ला पर्व मनाउने प्रचलन छ । तिब्बतीयन पात्रो अनुसार प्रत्येक वर्षको दोस्रो महिनालाई त्युङ्ला भन्ने गरिन्छ ।
त्युङ्ला पर्वमा तीन गाउँले थकाली समुदायहरुले विभिन्न देविदेवताको पुजा अर्चना गर्ने, पितृ पुजा, प्रकृति पुजा गर्ने, तारो खेल्ने र आपसमा नाचगान गरि हर्षउल्लासका साथ मनाउने गर्छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया